आज संक्रमणकालको अन्त्य

आज प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि दोस्रो चरणमा ४५ जिल्लाका १ करोड २२ लाख मतदाताहरु मतदानमा सहभागी हुनेछन् । आजको दोस्रो चरणको निर्वाचन सकिएसग गत मंसिर १० गते जाहेर भएका ३२ जिल्लाका जनमतका बाकस पनि खोलिनेछन् । सम्भवतः निर्वाचन आयोगले भनेको चार दिनभित्र प्रत्यक्ष तर्फको र आठ दिन भित्र समानुपातिकसम्मको परिणाम आइसक्ने छ । त्यससगै प्रदेश सभामा व्यक्त भएका प्रत्यक्ष तर्फको जनमत पनि परिणामका रुपमा बाहिर आउने छ । यससगै नया सरकार, नया संसद, नया प्रदेश सभा समग्रमा मुलुकले नया कोर्ष लिनेछ ।

 

लोकतन्त्रको अति सुन्दर पक्षका रुपमा रहेको शासन सत्ताको साझेदारीताका लागि जनताले जित्ने दिन भनेकै निर्वाचनको दिन हो । आफुमाथि शासन सत्ता सम्हाल्ने जनप्रतिनिधि आफैले चुनेर पठाउने विशेष दिन सार्वभौम जनताले विशिष्ट ढंगबाट विवेक पुर्याउनु पर्ने हुन्छ । यतिबेला जनताले ख्याल गर्नेपर्ने विषय भनेको राजनीतिक स्थायित्वका लागि अभिमत जाहेर गर्ने हो । यी निर्वाचित प्रतिनिधिले आउने ५ बर्षसम्म प्रतिनिधिसभा र प्रदेशसभाका लागि आम जनताको प्रतिनिधित्व गर्नेछन् । त्यसैले पनि आफुले दिने अभिमतको सम्मान गर्ने नेतृत्व चुन्नु नै बुद्धिमत्ता हुनेछ ।

 

झण्डै दुई दशक लामो अशान्त, संक्रमण र अस्थिरताको राजनीतिबाट आम नेपाली आहत भएका छौं । यही अस्थिरताको अन्त्यका लागि संविधानसभाबाट जनप्रतिनिधिले संविधान बनाए । त्यसको पूर्ण कार्यान्वयन नै यो निर्वाचनको मकसद हो । त्यसका लागि आम जनताले आगामी पा“च बर्षका लागि सरकार बनाउने र गिराउने खेलमा लाग्ने अस्थिरता भन्दा देश बनाउन केन्द्रित हुने गरी जनमत दिन जरुरी छ ।

प्रतिक्रिया

प्रतिक्रिया