नेपाल प्रहरी संघीय इकाइ कार्यालय नेपालगन्जका प्रमुख, एसएसपी महेश विक्रम शाहले ‘सुरक्षा थ्रेट’ बुझेर तत्काल सामान्यीकरण गर्न मातहतलाई निर्देशन दिएका छन् । प्रदेश नं. ६ अन्तर्गतका सुर्खेत, दैलेख र जाजरकोटको सुरक्षा अवस्था अनुगमनका क्रममा निर्देशन दिंदै एसएसपी शाहले पहिलो चरणको निर्वाचनका क्रममा देखिएका सुरक्षा कमजोरीबाट सिकेर दोस्रो चरणको निर्वाचनमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
‘पहिलो चरणको निर्वाचनमा भएका सुरक्षा चुनौतीहरु र त्यसको व्यवस्थापनबाट सिकेर अगाडी बढ्नु पर्छ’, शुक्रबार मातहतका प्रहरी इकाइलाई सम्बोधन गर्दै एसएसपी शाहले भने । संघीय इकाइ कार्यालय नेपालगन्जका अनुसार, एसएसपी शाह जाजरकोटको भ्रमणपछि बिहीबार दैलेख र शुक्रबार सुर्खेत पुगेका हुन् । ‘यसपछि बा“के र बर्दियाको स्थलगत अनुगमन, निरिक्षण गरिनेछ’, एसएसपी शाहलाई उद्धृत गर्दै संघीय इकाइ कार्यालय नेपालगन्ज दैनिक नेपालगन्जसग भन्यो, ‘सुरक्षा चुनौतिका हरेक कोणबाट विश्लेषण र ब्रिफिङ्गको काम जिल्ला, जिल्लामै पुगेर भैरहेको
छ ।’
त्यसक्रममा नेपाल प्रहरीले निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरुको काम, कर्तव्य र अधिकार नाम पुस्तिका पनि प्रत्येक प्रहरीका हातमा वितरण गरिएको छ । ‘सम्भावित सुरक्षा चुनौति पहिचान गर्ने र खतरा विरुद्ध परिचालन हुने सचेतना गराउन खोजिएको हो’, एसएसपी शाहले दैनिक नेपालगन्ज स“ग भने, ‘पहिलो चरणको निर्वाचन भएका जिल्लाबाट सुरक्षा कमजोरीको विश्लेषण गरी दोस्रो चरणमा दोहोरिन नदिने गरी प्रहरी सक्रिय छ ।’
त्यसक्रममा फर्जी मत खस्न नदिने, विष्फोटनका सम्भावित खतरा, दोहोरो झडप भएका बेला जवाफी तयारी लगायतका विषयमा एसएसपी शाहले मातहतका प्रहरीहरुलाई प्रत्यक्ष निर्देशनस“गै सचेतना गराएको संघीय इकाइ कार्यालय नेपालगन्जले जनाएको छ ।