अनलाईन मिडियाकर्मीहरु संगठित

नेपालगन्ज । बाँकेमा क्रियाशील अनलाइनकर्मीहरुको साझा संस्था स्थापना भएको छ । सञ्चार माध्यमलाई व्यवस्थित र डिजिटल साक्षरताका बारेमा सञ्चार उपभोक्ताहरुलाई जानकारी गराउने उद्देश्यले नेपालगन्जका अनलाइनकर्मीहरु संगठित भएका हुन् । शनिवार नेपालगन्जमा भएको भेलाले रुद्र सुवेदीको अध्यक्षतामा ९ सदस्यीय अनलाईन जर्नालिस्ट एसोसिएसन नेपालगन्ज ( ओजान) गठन गरिएको हो । ओजानको सचिव काशीराम शर्मा र कोषाध्यक्षमा कृष्ण ओली चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा प्रेम केसी, किरण ढकाल, गोपी बुढा, सुरेन्द्र काफ्ले, गोविन्द शर्मा र अर्जुन ओली चयन भएका छन् । टिएस ठकुरी र प्रभात देवकोटालाई सल्लाहकार चयन गरिएको ओजानका अध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया