भारतीय र नेपाली सुरक्षा निकायद्धारा बाँकेको सीमामा संयुक्त गस्ती

यदुराज मिश्र

नेपालगञ्ज, मंसिर–६ । आसन्न प्रतिनिधी तथा प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गर्दै बाँके प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउन थालेको छ ।

 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनका लागि जिल्लास्थित सुरक्षा निकायले भारतीय सुरक्षा निकायसँग सहकार्य गरी सतर्कता अपनाउन थालेको हो । सीमा पारीबाट हुनसक्ने आवञ्छित गतिविधिलाई नियन्त्रण गर्न भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बल एसएसबी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आज बाँकेको सीमामा संयुक्त गस्ती गरेका छन् । सीमामा हुने विभिन्न आपराधिक गतिविधी र चुनावमा नकारात्मक असर पार्नसक्ने उच्छृंखल तत्वमाथि निगरानी बढाउन संयुक्त गस्ती गरिएको हो ।

 

सशस्त्र प्रहरी बल बीओपी कालाबञ्जरका ईञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक गंगाराम भट्ट, ईलाका प्रहरी कार्यालय हिरमिनियाका ईञ्चार्ज प्रहरी नायब निरीक्षक प्रशाराम केसी र भारतस्थित मुन्शीपुर्वा एसएसबी क्याम्पका ईञ्चार्ज अरबिन्द कुमारको नेतृत्वमा ७÷७ जना गरी २१ जनाको टोलीले संयुक्त गस्ती गरेको हिरमिनियाका प्रहरी नायब निरीक्षक केसीले बताउनु भयो । आज पहिलो चरणमा सीमा स्तम्भ नम्बर २६/१ देखि २७/१५ सम्म गस्ती गरिएको र यसलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

प्रतिक्रिया