तीन दिनभित्र प्रचार सामाग्री हटाउ, नत्र कारवाही

राजनीतिक दलहरुले निर्वाचन प्रचारका क्रममा निर्वाचन आचारसंहिता विपरित टा“गिएका प्रचार सामाग्री तीन दिन भित्र हटाउने सहमति भएको छ ।
बुधबार भएको सर्वदलीय छलफलबाट तीन दिनभित्र मापदण्ड विपरित टा“गिएका पोष्टर, पम्प्लेट हटाउने निर्णय गरिएको हो । छलफलमा राजनीतिक दलहरुले स्वयंले प्रचार सामाग्री हटाउने प्रतिबद्धता जनाएकाले तीन दिनभित्र
हटाइसक्नुपर्नेछ ।
बैठकमा तीन दिनभित्र राजनीतिक दल वा सम्बन्धित उम्मेदवारले मापदण्ड विपरितका प्रचार सामाग्री नहटाएमा कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय समेत गरिएको छ । सञ्चारमाध्यमबाट समेत निर्वाचन आचारसंहिता पालना नभएको देखिएको भन्दै बैठकले सञ्चारमाध्यमलाई समेत आचारसंहिता पालना हुने व्यवस्थाको निम्ति स्मरण पत्र पठाउने निर्णय गरेको थियो । नेपालगन्जमा आचारसंहिताको उल्लंघन हु“दा पनि निर्वाचन आयोगले वेवास्ता गरेको भन्दै आलोचना हु“दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया