नेपालगन्जमा पहिलो पटक ‘समृद्धि सभा’ गरिंदै

नेपालगन्जमा पहिलो पटक ‘समृद्धि सभा’ हुने भएको छ । बाके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उद्योगपति पशुपति दयाल मिश्र र क्षेत्र नं. २ (२) बाट प्रदेश सभामा व्यापारी विजय गुप्ता उम्मेदवार भएपछि समृद्धि सभा गर्न लागिएको हो ।
राष्ट्रिय वाणिज्य संघ बा“केका अध्यक्ष भाष्कर काफ्लेका अनुसार, बाकेलाई आर्थिक समृद्धिको दृष्टिले प्रदेशकै प्रमुख केन्द्रका रुपमा विकास गर्न योजना निर्माणका लागि ‘समृद्धि सभा’ गर्न लागिएको हो ।

 

 
‘जिल्लाका सबै उद्योगी, व्यवसायीहरु बीचको बृहत सभाबाट आगामी योजनाहरु निर्माण गरिनेछ’, अध्यक्ष काफ्लेले आयोजनाबारे जानकारी दिंदै भने, ‘त्यहा“बाट अघि सारिएका योजनाहरु पूरा गर्नु आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको जिम्मेवारी हुनेछ ।’ उनले राजनीतिक स्थायीत्व र समृद्धिका लागि बढेको धु्रविकरणमा वाम गठबन्धनलाई बृहत सम्भावनाबाट व्यवसायी क्षेत्रले आंकलन गरेको दाबी पनि गरे ।

 

 
दाङ्गबाट प्रदेश सभामा उम्मेदवार नेकपा एमालेका नेता समेत रहेका पूर्व सञ्चारमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा पर्सी बिहीबार कार्यक्रम गर्न लागिएको अध्यक्ष काफ्लेले जानकारी दिए । संयुक्त उद्योगी व्यवसायी संगठनले कार्यक्रम गर्न लागेको हो । वामपन्थी ्रप्रगतिशील उद्योगी, व्यवसायीहरु वाम गठबन्धनलाई प्रभावकारी बनाउन संयुक्त संगठन बनाएर क्रियाशिल छन् । त्यसका लागि संगठनको संयोजकमा भाष्कर काफ्ले र सहसंयोजकमा विष्णु खनाल सक्रिय छन् ।

 

 
‘वाम गठबन्धनबाट सम्भवत शंकर पोखरेल नै अबको मुख्य मन्त्री हो’, संयोजक काफ्लेले त्यसैले पनि पोखरेलको उपस्थितिमा बा“केका आर्थिक एजेण्डा र विकासका मुद्दालाई एकै ठाउ“मा राखेर छलफल गर्न खोजिएको जानकारी दिंदै भने । काफ्लेले नेपालगन्जलाई प्रदेश ५, ६ र ७ को आर्थिक केन्द्रका रुपमा विकास गर्न आवश्यक पहलका रुपमा ‘समृद्धि सभा’ गर्न खोजिएको दाबी गरे । ‘कुनै वाद, विचार वा पार्टी भन्दा माथि उठेर आर्थिक विकासका एजेण्डामा सम्पूर्ण व्यवसायिक क्षेत्र एक हुन खोजिरहेको छ’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया