अभियानमा साहिलको नेतृत्व

बालअधिकारको राष्ट्रिय अभियानका लागि बाकेबाट संयोजकको जिम्मेवारी साहिल अन्सारीले पाएका छन् । आइतबार केन्द्रीय समन्वय समितिको बैठकले साहिललाई बाकेबाट संयोजक चयन गरेको हो ।
बाल क्लबमा आबद्ध अन्सारी बाल अधिकारको क्षेत्रमा क्रियाशिल छन् । उनको यही क्रियाशिलताका कारण संयोजक चयन गरिएको बताइएको छ । अन्सारी बालक्लब सञ्जालको सल्लाहकार, सरकारको बालमैत्री स्थानीय सशासनका अभियन्ता समेत हुन् । उनी ६२औं प्रहरी दिवसमा सम्मानित समेत भएका थिए । अन्सारी बाके यूनेस्को क्लबका बाल राजदुत समेतको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया

प्रतिक्रिया