हिन्दु राष्ट्रको पक्ष विपक्षमा जनमत संग्रह माग

राष्ट्रिय प्रजातन्त्र पार्टी बा“केले हिन्दु राष्ट्रका लागि जनमत संग्रह माग गरेको छ । राप्रपाले हिन्दु राष्ट्रका लागि जनमत संग्रह माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत सरकार लाई ज्ञापन पत्र बुझाएका हो ।

 
‘जनताको इच्छा विरुद्ध गएर धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको हो’, राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले दैनिक नेपालगन्ज सग भने, ‘हिन्दु राष्ट्र कायम नहुदा सम्म निरन्तर संघर्ष जारिराख्छौं ।’ उनले राप्रपा निरन्तर रुपमा हिन्दु राष्ट्र स्थापनाका लागि आन्दोलित रहेको बताउदै भने, ‘हामीले राखेको संशोधन प्रस्तावमा समेत सांसदमा छलफल नै गराइएन ।’

 
‘जनताको इच्छा विरुद्ध गरिएको निर्णय दिगो हुदैन’, आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा समेत पार्टीले उक्त मुद्दालाई उठाउने नेता देवकोटाले बताए । उनले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका क्रममा हिन्दु राष्ट्रका पक्षमा जनमत संग्रह गराउन सकिने बताए । ‘जनमत बुझ्न ठूलो खर्च आवश्यक छैन’, केन्द्रीय सदस्य देवकोटाले भने, ‘आसन्न निर्वाचनमा एउटा पाना जनमत संग्रहका लागि थपिदिए हुन्छ ।’ ‘यो उचित समय र कम खर्चमै जनमत बुझ्न सक्ने अवसर पनि हो’, नेता देवकोटाले भने ।

 
जिल्ला प्रशासन कार्यालय बा“केमा ज्ञापन पत्र बुझाउनु अघि हिन्दु राष्ट्रका लागि जनमत संग्रह माग गर्दै प्रदर्शन समेत गरिएको थियो । राप्रपा पार्टी कार्यालय बा“के गाउ“बाट निस्केको र्यालीले हिन्दु राष्ट्रका पक्षमा नारा लगाउदै जिल्ला प्रशासन पुगेको थियो । त्यसक्रममा ठूलो संख्यामा हिन्दु राष्ट्रका समर्थकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया