धुमधाम मनाइदै दशैं

हिन्दुहरुको महान् पर्व दशैं धुमधामले मनाइदैछ । बुधबार दशैंको सातौ दिन फूलपाती भित्र्याइएको छ । सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्र्याइएको हो ।

 
फूलपातीका रूपमा नयाँ पालुवा घटस्थापनाको दिन स्थापना गरिएको दुर्गा भवानीको प्रतिमा राखिएको दशैँघरमा राखिन्छ । घटस्थापनाका दिनदेखि दशैँ सुरु हुने भएपनि दशैको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ । गाउँघरमा फूलपातीका दिन चोक, मठमन्दिर, पाटी, सत्तल सफासुग्घर गर्ने र रमाइलोका लागि लिङ्गे र रोटेपिङ निर्माण गर्न गरिन्छ ।

 
आज विहीबार दशैंको अष्टमी र भोलि महानवमी दुर्गा देवीको पुजा गरेर मनाइ“दै छ । शनिबार विजया दशमी मनाइदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया