मोहर्रम : आज भव्य अलम जुलुस निकालिंदै

अताउल मुस्तफा कादरी
इस्लामिक वर्ष १४३९ हिजरीको मुस्लिम धर्मावलम्बीहरुको महान पर्व मोहर्रमको आज बिहीबार भव्य अलम जुलुस निकालिने भएको छ । आज राति १२ बजे नेपालगन्जको फुल्टेव्रmा, रामनगर, धम्बोजी र जोल्हनपुर्वाबाट सातेैको जुलुस निस्कने नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईले जानकारी दिए ।

 

चारै ठाउबाट निस्कने जुलुस त्रिभुवन चोकमा एकिकृत भई अगाडी बढ्ने बताइएको छ । सात दिन अघि सुरु भएको मोहर्रम पर्व आउने आइतवार सकिने छ । मुस्लिम धर्मावलम्वीले इराकको कर्वलामा शहादत प्राप्त गरेका हजरत इमामे हसन र इमामे हुसैको सम्झनामा प्रत्येक वर्ष मोहर्रम पर्व मनाउँदै आएका छन् ।

 

बुधवार राती मोहर्रमको छैठा दिन मेंहदी जुलुस गरिएको छ । नेपाल मोहर्रम तथा कर्बला संरक्षण हल्वाईका अनुसार, नेपालगन्जको फुल्टेव्रmा, धम्बोझी र जोलहनपुर्वाबाट अलम राखिने जुलुस निकालिने छ ।

प्रतिक्रिया

प्रतिक्रिया