बाढी पीडितलाई राहत वितरण

पश्चिम तराईमा केही साता अघि गएको बाढीबाट प्रभावित ४ सय ८१ परिवारहरुलाई खाद्य सामाग्री सहयोग गरिएको छ ।
कैलाली जिल्लाको भजनी नगरपालिकाका १ सय १८ बाढी प्रभावित र बर्दियाको ठाकुरद्वारा नगरपालिका संगको साझेदारीमा ३ सय ६३ परिवारहरुका लागी खाद्य सामाग्री वितरण गरिएको छ ।

 
जिल्ला दैवी प्रकोप उद्वार समितिको समन्वयमा एंव स्थानिय मानसिक स्वास्थ्य स्वालम्वन समुहको साझेदारीमा वितरण कार्य सफल भएको सी.एम.सीका मनोसामाजिक सुपरीवेक्षक टंक तिमिल्सीनाले जानकारी दिए ।
उनका अनुसार, ठाकुरद्वारा नगरपालिकाले पनि बाढी प्रभावित १ सय ५३ परिवारका लागि सहयोग गरेको थियो । ‘बढी परिवार सम्म राहत सामग्री प्रदान गर्नका लागी साझेदारी गरिएको थियो’, सुपरीवेक्षक तिमिल्सिनाले थपे ।

 
मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा कार्यरत मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सी.एम.सी नेपाल) का कार्य समितिका पदाधिकारी एंव कर्मचारीबाट प्रदान गरिएको थियो । सहयोग गरिएको सामाग्रीमा चामल, दाल, चिनी र तेल रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया