इष्टु बाकेमा वलीको नेतृत्व

निजी विद्यालय शिक्षकहरुको संगठन इष्टु बाकेमा वामदेव वलीको नेतृत्वमा नया कार्यसमिति निर्वाचित भएका छन् ।

 

शनिबार भएको संस्थागत विद्यालय शिक्षक यूनियन (इष्टु) बाकेको दोस्रो जिल्ला अधिवेशनले वलीको नेतृत्वमा २२ सदस्यीय नया“ कार्यसमिति चयन गरेको हो । नया कार्यसमितिको उपाध्यक्ष मुना हमाल र श्रीधर भण्डारी, सचिव रतन बहादुर शाही, सहसचिव रुप सिंह थारु र कोषाध्यक्ष गम बहादुर डा“गर निर्वाचित भएका छन् ।

 
नवनिर्वाचित कार्यसमितिमा हिमाल शर्मा, राजकुमार महतो, अभिशेष खनाल, विष्णु पाण्डे, यमका सुवेदी, शंकर न्यौपाने, रमा शर्मा, जीवन ढकाल, सुखराम कोरी, गंगा सिंह, शिव चौधरी, सुरज चौधरी, अम्बिका उपाध्याय, कमला चन्द, विजया पौडेल र निशा देवकोटा सदस्य छन् । शनिबार नै इष्टुका केन्द्रीय अध्यक्ष मुकुन्द गौतमले जिल्ला अधिवेशन उद्घाटन गरेका हुन् । उद्घाटनमा वरिष्ठ उपाध्यक्ष होम बहादुर थापा, इष्टु बाकेका संस्थापक अर्जुन पौडेल, केन्द्रीय सदस्य उमेश सापकोटा, पूर्व अध्यक्ष राजेन्द्र सिग्देल लगायतले बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया