आगामी आठौं बृहत राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधारमा मात्र ७० करोड बढी रकम लगानी गरिने भएको छ ।
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीका अनुसार, १ अर्ब ५ करोड कुल बजेट मध्ये ७० करोड भौतिक पूर्वाधारमा लगानी गरिने भएको हो । ‘यसले नेपालगन्जको खेलकुदमा नया“ इतिहास कायम गर्न सक्छ’, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘रंगशाला पुनर्निर्माणका लागि बजेट आइसकेको छ, पौडी पोखरीको काम धमाधम भैरहेको छ ।’
निर्माणाधिन भारोत्तोलन एकेडेमीको अवस्था जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै एकेडेमीको निर्माण कार्य एक बर्षभित्रै सम्पन्न गर्नुपर्नेछ ।’ त्यसका लागि नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रतन कुमार टण्डनको अध्यक्षतामा उपभोक्ता समितिले काम गरिरहेको छ । ‘८७ लाखको परियोजनामा ३५ लाखको काम भैसक्यो’, अध्यक्ष टण्डनले भने, ‘२० लाख बजेट छुट्टिइसकेको जानकारी पाएका छौं ।’