श्रीमतिले ‘नो’ भनेपछि…

नेपालगन्जमा रहेको श्रीमतीलाई माइतीबाट ससुराली लैजान आएका पतिलाई पत्नीले आफु नजाने भनेपछि उनले आत्म हत्या गरेका छन् ।

 
भारत बहराईच जिल्ला रामपुर्वा घर भएका २५ वर्षिय अश्विनी पाण्डेले श्रीमतीबाट त्यस्तो जवाफ पाएपछि झुण्डिएर आत्म हत्या गरेका छन् । नेपालगन्ज वडा नं.६ स्थित ससुरालीमा पछिल्लो तीन दिनबाट श्रीमतीलाई लैजाने प्रयास गर्दै आएपनि केहि नलागेपछि आत्म हत्या गरेको उनले सुसाइड नोटमा भनेका छन् ।

 
श्रीमतीलाई कूटपीट गर्ने गरेका कारण उनी पछिल्लो साता देखि माइतमा बस्दै आएकी थिइन । श्रीमानले घर फिर्ता लैजान थालेका प्रयासमा सफलता हात नलागेपछि झोंकमा उनले आत्महत्या गरेको देखियो, जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज विर बहादुर थापाले भने । मृतकको एउटा छोरा र एउटा छोरी रहेको प्रहरीले जनाएको छ । साथै बाँके जानकी गाउँपालिका वडा नं.२ बेलभारमा पनि शुक्रवार एकजनाले आत्म हत्या गरेका छन् । स्थानीय कुरमत अली तेलीले आफ्नै घरमा झुण्डिएर आत्म हत्या गरेको प्रहरीले जानकारी दिएको छ । अन्य विषयमा केहि खुल्न नसकेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया