इस्लामिक धर्मावलम्वीहरुको महान् पर्व इद उल अजहा अर्थात् बकरा ईदको बेला परीक्षा नपार्न त्रिभुवन विश्व विद्यालयको ध्यानाकर्षण गराइएपछि टियूले परीक्षा सारेको छ ।
आगामी भदौ १७ देखि १९ गतेसम्म ईद परेको भन्दै त्यसबीच त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिकामा परेका विषय सार्न ध्यानाकर्षण थियो ।
‘त्रिभुवन विश्व विद्यालयले जानीजानी गल्ती गरिरहेको छ’, सांसद अब्दुल हमिद सिद्दिकी (भोला)ले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको जानकारी दिंदै भने ।
टियूले सूचना जारी गरेर परीक्षा सारेको छ ।