राप्तीसोनारीमा ७ सय बढीको निःशुल्क उपचार

बाकेको राप्तीसोनारी गाउपालिका फत्तेपुरमा ७ सय ५० बढीको निःशुल्क स्वास्थ्य चेकजाच गरिएको छ ।
रेडियो सद्भावले जेष्चर्स अफ काइन्डनेश गु्रप नेपालगन्जको सहकार्यमा राप्तीसोनारी–७ मा भगडियामा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरबाट ५० जनालाई विशेषज्ञ उपचारका लागि रिफर समेत गरिएको रेडियो सद्भावका स्टेशन प्रमुख नविन गिरिले जानकारी दिए ।
शिविरमा आएका धेरैजसो विरामीहरुमा छाला सम्बन्धित समस्या, कान पाक्ने, झाडापखाला र भाइजर ज्वरो बढि देखिएको उपचारमा संलग्न डा. राहुल थापाले जानकारी दिएका छन् । एक दर्जन बढी सहभागी चिकित्सकहरुको टोलीले स्वास्थ्य चेकजा“च गरेको रेडियो सद्भावका समिरमान श्रेष्ठले जानकारी दिए । शिविरमा निःशुल्क औषधि वितरणमा भने औषधि व्यवसायिहरुको संगठन एनएमएसआरएले सहयोग गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया