खजुराले बाँड्यो राहत

खजुरा गाउँपालिकाले आइतबार गिरिजा गाउँका ८५ घर बाढी पीडितका लागि ड्राइफुड वितरण गरेको छ ।

 
अध्यक्ष किस्मत कुमार कक्षपतिले उक्त गाउँमा ५ सय बढी विस्थापित रहेको जानकारी दिंदै तत्कालीन राहत स्वरुप ३ सय किलो च्युरा, ३ सय ८५ प्याकेट चाउचाउ वितरण गरेको जानकारी दिएका छन् ।

 
अध्यक्ष कक्षपतिले गाउँपालिकाबासीलाई नआत्तिन आव्हान गर्दै जतिसक्दो छिटो बाढी पीडितहरुलाई सक्दो राहत पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया