दलित एवं भूमि अधिकार आन्दोलनका अगुवा वलदेव रामको साउन १७ गते विहान ६ बजे ६७ वर्षको उमेरमा मृत्यु भएको छ । उनी २००७ साल पुस ७ मा सप्तरीको मधुपट्टीमा जन्मेका थिए ।
२०५६ सालको सप्तरीको सिनो वहिष्कार आन्दोलनको नेतृत्व गरेका थिए । बहुदल आएको १० वर्ष पछि पनि सप्तरी र सिराहामा चमार जातीका मानिसहरुले गैरदलितको घरको सिनो फाल्ने काम गर्नुपर्दथ्यो । यो आन्दोलन पछि गैर दलितहरुले चमार बस्तीमा नाकाबन्दी समेत गरेका थिए । चमार जातीहरुलाई अैचोपैचो नदिने, पानीका लागि पोखरी र कलधाराहरुको प्रयो गर्न नदिने तथा सामान समेत पसलमा किन्न नपाउने गरी गरिएको नाकाबन्दी पछि सिनो बहिष्कार आन्दोलन फैलिएको थियो । यो आन्दोलनले पछि राष्टिय स्वरुप लिएको थियो । यो आन्दोलन पछि चमार जातीले सिनो फाल्ने वाध्यता पुर्णतया हटेको छ ।
वलदेव राम २०६१ सालमा राष्टिय भूमि अधिकार मन्चको संस्थापक अध्यक्ष भएर भूमि अधिकार आन्दोलनलाई देशव्यापी बनाउन अग्रणी भूमिका खेलेका थिए ।
सामाजिक आन्दोलनमा उनले पुरयाएको भूमिकाको कदर गर्दै उनले दर्जन बढि पुरस्कार पाएका छन् । उनि २०६५ सालमा गठित भूमि आयोगका सदस्य समेत भएका थिए । उनका श्रीमती ३ छोरी र २ छोरा छन् ।