नेपालगन्जका ३५ प्रतिशत घोडा खच्चड विरामी 

टांगा तथा बग्गीहरु बढि प्रयोग हुने सहर नेपालगन्जका ३५ प्रतिशत घोडा खच्चडहरुमा घाउको समस्या अधिक रहेको एक अध्ययनले देखाएको छ ।
पशु कल्याणको क्षेत्रमा काम गर्ने संस्था एनिमल नेपालले गरेको पछिल्लो अध्ययनले त्यसरी घाउ हुनुको मुख्य कारण भारी बोकाउँदा प्रयोग गरिने साधनहरु सहि तरिकाले प्रयोग गर्न नजान्नु रहेको देखाएको छ ।
सोमबार नेपालगन्जमा आयोजना गरीएको अन्तरक्रियामा प्रस्तुत प्रतिवेदनका अनुसार अधिकांश पशुधनिहरुले स्याहार सुसारमा भने ध्यान दिएको दावी गरेका छन् । अध्ययनले घोडा खच्चड धनिका परिवारको आम्दानी न्युन रहेको देखाएको छ । उनीहरुको वार्षिक खर्च २ लाख १७ हजार भन्दा बढि हुँदा आम्दानी १ लाख ६७ हजार सम्म मात्रै हुने गरेको पाईएको छ ।

४५ प्रतिशत घोडा खच्चड धनिहरुको आश्रयस्थल फुसको छानो र घर झुपडि रहेको छ भने ३६ प्रतिशतको आश्रयस्थलमा टिनको छानो रहेको पाइएको छ ।
घोडा खच्चड धनिका विद्यालय जाने उमेरका ७३ प्रतिशत छोराछोरीहरु भर्ना नगरिएको समेत अध्ययनले देखाएको छ । घोडा खच्चड धनिहरुको परिवारलाई भने उचित स्वास्थ र शिक्षा दिन कठिनाई देखिएको जनाइएको छ ।
घोडा खच्चड तथा खच्चडका धनिहरुको कल्याणका सम्बन्धमा सरोकारवालाहरुको अन्तरक्रियामा बोल्दै नेपालगन्ज उप महानगरपालिकाका मेयर धवल समसेर राणाले घोडा खच्चरको व्यवस्थापन गराउन जरुरी रहेको बताए । नेपालगन्जमा रहेका टागाको अवधि सकिएको बताउदै मेयर राणाले यसको विकल्पको रुपमा ई रिक्सा आएको बताए ।
घोडा र खच्चडलाई उद्योग तिर व्यवस्थापन गर्न तर्फ लाग्न घोडा खच्चर धनिहरुलाई आग्रह गरे । उनले छाडा पशुहरुलाई उचित व्यवस्थापन गर्न उप महानगरपालिकाले पनि योजना बनाउदै गरेका कारण समन्वय र सहकार्यको खाचो रहेको औलाए ।
अन्तरक्रियामा जिल्ला पशु सेवा कार्यलय बााकेका प्रमुख डा।बेद बहादुर केसी, जिल्ला कृषि विकास कार्यालय बााकेका प्रमुख कृष्ण बहादुर बस्नेत, जिल्ला समन्वय समिति बाँकेका सुचना अधिकारी सरद कुमार पौडेल, जिल्ला शिक्षा कार्यालयका गोर्ख बहादुर थापा, जिल्ला जनस्वास्थ कार्यालयका फोकल प्रर्सन राम बहादुर चन्द लगाएतले घोडा खच्चडको व्यवस्थापन गर्न समन्वय र सहकार्य गर्न तयार रहेको बताएका थिए ।

फाेटाे एनिमल नेपाल

प्रतिक्रिया

प्रतिक्रिया