नेपालगन्ज करमाेहनाकाे पुल भाँच्चियाे

नेपालगन्जन्यूज । नेपालगन्जकाे विपी चाेक देखी एक  किमी पश्चिममा रहेकाे करमाेहना गाउँ जाेड्ने पुल भाचिएर क्षतीग्रस्त भएकाे छ ।

सामान लोड गरेको ट्र्याक्टर पास गर्ने क्रममा पुल सहित तल खसेको स्थानीयवासी राप्रपाका नेता तेज विक्रम शाहले नेपालगन्जन्यूजलार्इ बताए ।

हाल जानकी गाउँपालिकामा पर्ने साविककाे नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ मा रहेकाे उक्त पुलकाे दुवै तर्फ किनारमा नाली निर्माण गरिएकाे थियाे ।

पुल जीर्ण अवस्थामा रहेकाेले भाँचिएकाे बताइएकाे छ । पुल भत्किए पछि करमाेहना लगायत माेतीपुर देखी सहादतपुरसम्म जाने बाटाेमा अावागमनमा असुविधा पुग्ने शाहले बताए ।

जीर्ण अवस्थामा रहेकाे पुलकाे निर्माणमा तत्काल ध्यान पुरयाउनुपर्ने स्थानीयवासीहरू बताउँछन् ।

तस्वीर तेजविक्रम शाहकाे फेसबुकबाट ।

प्रतिक्रिया

प्रतिक्रिया