एसओएस अभियानमा हातेमालो गर्न आव्हान

बाँकेमा सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी एसओएस दिवस मनाइयो

नेपालगन्ज/ एसओएसले आफ्नो ३१ औं अन्तर्राष्टिूय दिवस विविध कार्यक्रमका साथ भव्यतापूर्वक मनाएको छ ।
एसओएस बालग्राम अन्तर्राष्टिूयका संस्थापक प्रोफेसर डा. हर्मन माइनरको जन्मदिन पारेर एसओएसले विश्वभर आफ्नो वार्षिकोत्सव मनाउूदै आएको छ । सोही अनुसार उहाूको जन्म दिवसको अवसरमा एसओएस युवालय नेपालगन्जले पनि विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ ।

 

संस्थापक स्वर्गीय प्रोफेसर डा. माइनरको जन्म अष्टिूयाको भोराल वर्गमा सन् १९१९ जुन २३ तारिखका दिन भएको थियो भने निधन २६ अप्रिल १९८६ मा भएको थियो । संसारका सबै बालबालिकाहरु हाम्रा आफ्नै बालबालिका हुन्” भन्ने महान अवधारण र उद्देश्यका साथ डा. माइनरले १९४९ मा अष्टिूयामा पहिलो बालग्राम स्थापना गरिएको एसओएस नेपालमा भने १९६८मा उहाँले नेपाल भ्रमणका क्रममा स्थापनि गरिएको हो । आमाबाबु गुमाएका बालबालिकाहरुलाई संरक्षण दिएर उनीहरुको पालनपोषण, शिक्षादीक्षाका साथै उनहिरुको मानसिक, शारीरिक तथा वौद्धिक विकास गर्दै उनीहरुलाई वैवाहिक जीवनमा प्रवेश गराउँदै आएको एसओएसको नेपालगन्जले मात्र ८० जनालाई पारिवारिक वातावरणमा संरक्षकत्व र पारिवारिक वातावरण प्रदान गर्दै आएको छ ।

 

नेपालगन्जको बेलासपुरमा महिला छात्रावास र कारकाँदोमा पुरुषहरुको लागि युवालय संचालन गरिएको छ । त्यहाँ आश्रित बालबालिकाहरु विभिन्न शैक्षिक संस्थामा अध्ययन गरिरहेका छन् भने कतिपयले रोजगारी पनि गर्दै आएको एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुला राम विश्वासले बताउनु भयो । हरेक वर्ष हामीले २÷३ जनाको विवाह गरि दिने गरेका छौं विश्वासले भन्नु भयो ।

 
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार पूर्ण लाल चुकेले अवसरमा एसओएस युवालय नेपालगन्जलाई विभिन्न किसिमबाट सहयोग गर्ने संघ संस्था र व्यक्तिहरुलाई मायाको चिनो, एसओएस प्रतीक चिन्ह भएको पिन र सम्मान(पत्र तथा विभिन्न प्रतियोगितामा उ्रथम, व्दितीय र तृतीय स्थान हाँसिल गर्ने युवालयका बालबालिका र युवाहरुलाई प्रदान गर्नु भयो ।

 

सो अवसरमा प्रमुख अतिथि वरिष्ठ पत्रकार पूर्णलाल चुकेले राज्यले बहन गर्नुपर्ने जिम्मेवारी बहन गर्दै आएको एसओएसलाई विदेशी नागरिकहरुको मात्र सहयोगमा निर्भर नभई नागरिक स्तरबाट पनि सहयोग दिएर एसओएसको महान अभियानमा हातेमालो गर्न र आत्मनिर्भर गराउने तर्फ सबैले सोंच्नुपर्ने धारणा राख्नु भयो । स्वर्गीय महामानव डा. माइनरको अवधारणालाई जीवित राख्न र निरन्तरता दिनका लागि सबैको सहयोग आवश्क रहेको बताउनु भयो ।
यसैगरि महिला विकास कार्यालयकी अधिकृत सुनिता केसी, जिल्ला समन्वय समिति बाँकेका कार्यक्रम अधिकृत शरद पौडेलले पनि सहयोगीहरुलाई मायाको चिनो प्रदान गर्नु भयो ।

 

एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवालयका बालबालिकाहरुद्वारा रोचक एकल र नृत्य सामूहिक नृत्य प्रस्तुत गरिएको थियो भने चर्चित गायक तथा पत्रकार प्रमोद डि.जी.ले आधुनिक र लोक गीत प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए ।

 

सम्मानित हुनेहरुमा बीर डेन्टल क्लिनिक नेपालगन्जका दन्त विशेषज्ञ डा. आर. के. लामिछाने, नेपालगन्ज मेडिकल कलेजका बालरोग विशेषज्ञ डा. पियूश कनौडिया, व्यवसायीहरु सन्तोष पौडेल, जयदेव अवस्थी, तनबीर जमाल हलवाई, जहाँगीर खान, भेरी नर्सिङ कलेज, नेपालगन्ज नर्सिङ कलेज, लर्ड बुद्ध नर्सिङ कलेज लगायत रहेका थिए ।
कृष्टिना रावत र किरण गाहा मगरले सञ्चालन गरेको र नौरुपा वुढाले प्रारम्भमा स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको वीच वीचमा साूस्कृतिक कार्यक्रम अन्तर्गत एसओएसका युवा तथा बालबालिकाहरुबाट गीत र नृत्य प्रस्तुत गरिएको थियो । नृत्य प्रस्तुत गर्नेहरुमा केशर बुढा, नौरुपा बुढा, दिपा, नितु अधिकारी, सुशीला नेपाली, पुष्पा नेपाली, स्वस्तिक दर्माली, स्वेच्छा सिंह, तानिया सिंह, सूचिता, कल्पना, निशा, सपना लगायतले सामूहिक र एकल नृत्य प्रस्तुत गरेका थिए ।

 

सो अवसरमा एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुला राम विश्वासले एसओ एस बाल ग्राम सुर्खेतबाट २०५२ साल देखि २०७४ असारसम्म एस ओ एस युवालय नेपालगन्जमा स्थानान्तरण भएका युवा युवतीहरुको संख्या २५० जना मध्ये १७० जना यस संस्थाबाट स्वालम्बन भई आफना विभिन्न ढंगबाट स्वतन्त्र रुपमा व्यतित गरिरहेका छन् ।

 

८० जना युवा युवतीहरुले एस.ओ. एस. युवालय नेपालगन्जमा संरक्षित रहेका छन् । विभिन्न तहमा उच्च शिक्षा अध्ययन गरी रहेको युवालयका नायब निर्देशक तुलाराम विश्वासले बताउनु भएको छ । एस.ओ.एस. बाल ग्राम नेपाल स्थापना दोस्रो विश्व युद्ध पश्चात अभिभावक बिहिन भएको र उनीहरुको जीवन अन्धकारमय र दयनीय अवस्था देखेर प्रो.फेसर डा. हर्मन माइनर ले सहन न सकी उनीहरुको पालन पोषण गर्नु पर्छ भनेर सोंचका साथ अष्टूेरियाको इमष्ट भन्ने ठाउूमा सन् १९४९मा ३०० सय इष्टूेरियर डलरमा स्थपना गर्न सफल हुनु भयो । उहाूको यो सामाजिक कार्य देखेर बिभिन ब्यक्तिहरुले खुल्ला रुपमा आर्थिक पमा सहयायेग गरी उहाूको सपनालाई साकार पार्दै विश्वभरि नै एस.ओ.एस.को स्थपना गरियो ।

 

नेपालमा भन्ने हो भने सन्र १९७२ मा पहिलो एस.ओ.एस. बालग्राम नेपालको सानो ठिमी भक्तपुरमा स्थापना गर्न सफल हुनु भयो । यसरी यो क्रम बढ्दै गई हाल नेपालमा ३७ वटा परियोजनाहरु मार्फत एस.ओ.एस. बालग्राम नेपालले बालबालिकाहरुको लागी काम गर्दै आई रहेको छ ।

 

कार्यक्रममा प्रमुख अतिथि पूर्णलाल चुके, अतिथि जिल्ला समन्वय समिति बाूकेका शरद कुमार पौडेल, नेपालगन्ज मेडिकल कलेजका बालरोग बिशेषज्ञ पियूस कनौडिया, महिला तथा बालबालिका काार्यालय बाूके की महिला बिकास अधिकृत सुनिता केसी, सेभ द चिल्डिूेनका बीरेन्द्र ठगुन्ना, बीर डेण्टल क्लिनिक नेपालगन्जका दन्त बिशेषज्ञ डा. आर.के. लामिछाने, एस.आ.एस.का सहयोगी मित्र सन्तोष पौडेल, अन्नपूर्ण पोष्ट राष्टिूय दैनिकका ब्यूरो चीफ सुरेन्द्र काफले लगायतले आ( आफना बिचार राखेका थिए ।

 

युवालयका नायब निर्देशक तुलाराम बिश्वासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवालय की सह निर्देशक मिना तुलाधर, क्भ्भ् परीक्षमा ८० प्रतिशत भन्दा माथि अंक ल्याउने ५ जना छात्र(छात्राहरुलाई एक्सिलेन्ट एवार्ड र मायाको चिनो सहित सम्मान गरिएको थियो । प्रवीणता प्रमााण(पत्र नरसिंगमा बिशिष्ट श्रेणी ल्याउने ३ जान छात्राहरुलाई एक्सिलेन्ट एवार्ड र मायाको चिनोले सम्मान गरिएको थियो । फूटबल, भलिबल, बसकेट, केरमबोर्ड र चेसखेलका बिजेताहरुलाई पुरस्कारका सार्थ प्रमाण(पत्र बितरण गरिएको थियो । एस.ओ.एस.लाई बिगत ५ वर्ष देखि निरन्तर सहयोग गर्नेदाताहरुलाई पीन र मायाको चिनो ले सम्मान गरिएको थियो । यसरी एस.आ. एस.को मानबीय कार्यमा सहयोग गर्नेलाई नयाू मित्रहरुलाई सदस्य भई युवा युवतीहरुलाई सर्वागिण बिकास गर्न लाई पीन र सम्मान पत्रले सम्मान गरिएको थियो ।

 

अन्त्यमा कार्यक्रमका अध्यक्ष तथा युवालयका नायब निर्देशक तुलाराम बिश्वासले प्रुख अतिथि पूर्णलाल चुके, पत्रकार सुरेन्द्रकाफ्ले पवन जायसवाल चर्चित गायक प्रमोद डिजी, चर्चित नृत्य निर्देशक नवराज सेवेदी लयायतलाई मायाको चिनो र पीनले सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया