महासंघ बाँकेमा आधा दर्जन वढि पुरस्कार

बेलमती शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारका लागि स्वास्थ्यकर्मी जीवन शर्माले प्रदान गरे एक लाख एघार हजार एक सय एघार रूपैंया ।

नेपालगन्जन्युज । नेपाल पत्रकार महासंघ बाँकेमा विभिन्न व्यक्ति तथा संस्थाको नाममा आधा दर्जन बढि पुरस्कार स्थापना भएका छन् ।

स्वास्थ्यकर्मी जीवन शर्माले बेलमती शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारका लागि अक्षय कोष स्थापनाका रु. १ लाख ११ हजार १ सय ११ रुपैंया नगद महासंघका अध्यक्ष ठाकुरसिंह थारुलाई हस्तान्तरण गर्नुभएको छ । उक्त रकमको अक्षय कोष स्थापना गरि हरेक वर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने २ पत्रकारलाई पुरस्कृत गरिने अध्यक्ष थारुले बताए ।

फत्तेवाल आँखा अस्पताल आँखा स्वास्थ्य शिक्षा पुरस्कारको स्थापना नेपाल नेत्रज्योति संघ बाँकेले गरेको छ । पुरस्कारको राशी रु. २० हजार रहेको महासंघका सचिव तिलक गाँउलेले जानकारी दिए ।

पत्रकार महासंघ बाँकेमा रामकली नन्दलाल कुर्मी शिक्षा स्वास्थ्य पुरस्कारका लागि रु. ५५ हजारको अक्षय कोष स्थापना गरिएको छ । यो अक्षय कोष डा. कौसल कुमार बर्माले स्थापना गर्नुभएको हो ।

माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारका लागि गोपाल वैरागीले रु. १ लाखको अक्षय कोष स्थापना गर्नु भएको छ ।

यसैगरी रामआधार रामकली शिक्षा पत्रकारिता पुरस्कारका लागि माधवराम कुर्मीले रु. १ लाखको अक्षय कोष स्थापना गर्नुभएको छ ।

पत्रकार महासंघ बाँकेले क्रियाशिल पत्रकारकारिता पुरस्कार, संस्थापकका नाममा लियाकत अली पत्रकारिता पुरस्कार स्थापना गरेको छ । क्रियाशिल पत्रकारिता पुरस्कारका लागि पत्रकार भूमि भण्डारीले सहयोग गरेका थिए । संस्थापक पुरस्कार पत्रकार महासंघ आफैले स्थापना गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया