स्व. अच्युत पुरस्कार छनोटका लागि समिति

अच्युत राज सुवेदी स्मृति प्रतिष्ठानले पुरस्कार छनोटका लागि समिति गठन गरेको छ ।

समितिका संरक्षक पूर्णाकुमारी सुवेदीका अनुसार, प्रतिष्ठानको सोमबार बसेको सचिवालयले पुरस्कार छनोटका लागि समिति गठन गरेको हो । प्रतिष्ठानका सचिव झलक गैरेको संयोजकत्वमा गठित समितिमा कोषाध्यक्ष कृष्णा केसी (नमूना) सदस्य छन् । छनोट समितिमा नेपाल पत्रकार महासंघ बाके शाखाबाट पदेन सदस्य रहने व्यवस्था गरिएको संरक्षक सुवेदीले जानकारी दिइन् ।

प्रतिष्ठानका अध्यक्ष प्रकाश सुवेदीको अध्यक्षतामा बसेको बैठकले ‘अच्युत स्मृति पुरस्कार २०७४’ विपद्को क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने निर्णय गर्दै छनोटका लागि समिति गठन गरेको हो । ‘अर्को बर्षदेखि विपद् विरुद्ध लड्ने एक साहसिक व्यक्तित्वलाई समेत पुरस्कार प्रदान गरिनेछ’, प्रतिष्ठानका अध्यक्ष सुवेदीले सोमबार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

दुई बर्षअघि वैशाख १२, २०७२ मा गएको विनाशकारी भुकम्पमा परी गम्भीर घाइते युवा उद्यमी अच्युतराज सुवेदीको उपचारका क्रममा जेठ २९ गते निधन भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया