पत्रकारितामा मुस्लिम महिलाको खाँचो

बाँके,२ बैशाख । पत्रकारीताको दिघो विकासको लागि सङ्ख्यात्मक भन्दा पनि गुणात्मक विकासमा ध्यान दिनु पर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

मुस्लिम पत्रकार क्लव नेपालले बाँकेको नेपालगंजमा शनिबार आयोजना गरेको नयाँ बर्ष २०७४ को शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मो.हारुन कादरीले पत्रकारीता क्षेत्रमा निती नियमहरुको शक्त कार्यन्वयनका साथै आबश्यक ऐन नियमहरुको निर्माणको समेत खाँचो रहेको बताउनु भएको थियो ।

शुभकामना अदान प्रदान कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुर सिहं थारुले पत्रकारिता क्षेत्रले अव विकास निर्माण संगै आर्थिक समृद्धिको सवाललाई जोडदार रुपमा उठान गर्नुपर्ने धारणा राख्नु भएको थियो । उहाँले मस्लिम पत्रकारहरुले मुस्लिम समुदायको संस्कृती तथा विकास संगै पत्रकारिता क्षेत्रमा पनि मुस्लिम महिलाहरुको खाचो रहेको बताउनु भएको थियो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष निरज गौतमले व्यवसायिक पत्रकारिताले मात्र लोकतन्त्र बलियो हुने भएकोले निष्पक्ष भएर पत्रकारीता गर्न जरुरी रहेको बताउदै व्यवसायीक पत्रकारीता गर्दै अगाडि बढन सुझाव समेत दिनु भएको थियो ।

यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शुक्रऋषि चौलागाईले मूल्य मान्यतासहितको लोकतन्त्र आजको आवश्यक्ता भएको बताउदै व्यावसायीक पत्रकारीता गर्ने व्यक्ती मात्रै सच्चा लोकतन्त्रवादी हुने भएकोले पत्रकारले राम्रो समाचार लेखेमा लोकतन्त्रको रक्षा हुने बताए ।

स्वतन्त्र पत्रकार महासंघका प्रदेश ५ का संयोजक रमेश सिटौलाले दलीय पत्रकारीता भन्दा माथि उठेर पत्रकारीता गर्न जरुरी रहेका बताउदै नयाँ वर्षले सबैलाई निष्पक्ष भएर पत्रकारीता गर्न प्रेरणा प्रदान गरोस भनी सबैलाई शुभकामना दिनु भएको थियो । उहाँले पत्रकारीता पेशामा राजनीतिक रुपमा धब्वा लागेका मानिसको प्रवेश निषेध गर्न आवश्यक रहेकोले राजनीतिक तथा व्यापारिक कुण्ठा भित्र पत्रकारिताको धर्म मौलाउन सक्दैन । योसंगै एउटा पत्रकार स्वतन्त्र पत्रकार भएर समाजमा बाँच्न सक्नु अहिलेको अर्काे चुनौतीको बिषय हो । म पत्रकार हुं भनि सामाजमा स्वतन्त्र पहिचान बनाउन सक्नुपर्छ । म आफू स्वयं पत्रकार भएको नाताले मैले देखेको र भोगेको पत्रकारितामा स्वतन्त्र पत्रकारहरुको संख्या दिनानुदिन घट्दो अबस्थामा रहेको बताए ।

यसैगरी प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष शिव डुटेलले पत्रकारले बोलिदिए, लेखिदिए हुन्थ्यो, अन्याय विरुद्द लडिदिए हुन्थ्यो भन्ने एउटा अधिकार विहिन जमात छ जो आफै अन्यायमा परेको छ । तर वोल्न सक्दैन । लड्न सक्दैन । हो त्यहि वर्गको न्यायको वकालत पत्रकारले गर्न सक्नुपर्छ । त्यो वकालत राजनीतिक पुर्वाग्रहरहित हुनु पर्ने धारण राख्नु भएको थियो ।

यस्तै पत्रकार महासंघका निर्वातमान अध्यक्ष रुद्रसुबेदीले पिडितहरुको आवाजलाई क्लबले उठान गर्ने भूमिका निर्वाह गर्न जरुरी रहेकोले क्लबलाई आवश्यक पर्ने सहयोगहरु दिन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
प्रेस मञ्चका उपाध्यक्ष आशिष गुप्ताले राजनितिक खिचातानीका कारण देश संकट ग्रस्त अवस्थामा रहेकोले अधिकार प्राप्तीको आन्दोलनमा लागेकाहरुको आवाजलाई समेत बाहिर ल्याउने तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भएको थियो ।

समाजसेवी मेराज अहमद हिमालले मुस्लिम पत्रकारहरुलाई व्यवसीयक रुपमा पत्रकारीता गर्न जरुरीरहेको बताउदै नयाँ वर्षले सशक्त पत्रकारीता गर्ने प्रेरण प्रदान गरोस भनी शुभ कामना दिनु भएको थियो ।
जामा मस्जिदका उपाध्यक्ष मोहम्मद ज्याउलहक हल्वाईले पिडितहरुको आवाज न्यायको वकालत गर्न पत्रकारहरुलाई शुभकामना दिनु भएको थियो ।

कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष आलम खानले पत्रकारिता मार्फत राष्टियताको सवाल उठान गर्दै, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति आदि कुरालाई चिर्दै सकारात्मक पक्षलाई बढि उठान गर्नुपर्नेमा जोड दिनु भएको थियो । साथै प्रत्येक जिल्लामा मुस्लिम पत्रकार क्लब गठन गर्ने तयारी भईरहेको बताउनु भएको थियो । खानले कायक्रमलाई सफल पार्न महात्वपूर्ण भूमिका खेल्नु हुने बाबु हल्वाई,मेराज अहमद हिमाल मो.जियाउलहक हलवई प्रति आभार प्रकट गर्नु भएको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष एंव थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिहं थारु,नेपालग पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मो.हारुन,प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष शिव डुटेल,महासंघका पूर्व अध्यक्ष निरज गौतम,शुक्रऋषि चौलागाई, निर्वातमान अध्यक्ष रुद्र सुबेदी, प्रेस मञ्चका उपाध्यक्ष आशिष गुप्ता,सामाजिक विज्ञान बहका अुसन्धानकता मोहम्मद अयुब, समाज सेबी मेराज अहमद हिमाल, जामा मस्जिदका उपाध्यक्ष मोहम्मद ज्याउलहक हल्वाई, प्रेस चौतारीका उपाध्यक्ष सकिल खान, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य,स्वतन्त्र पत्रकार महासंघ प्रदेश ५ का संयोजक रमेश सिटौला लगायत रहनु भएको थियो भने कार्यक्रमको संचालन क्लबका सल्लाहकार सकिल कादरीले गर्नु भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया