नेपालगन्जमा लायन्स गभर्नरको स्वागत

नेपालगन्जमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का गभर्नर मधुसुदन शर्मा रिजाललाई स्वागत गरिएको छ । शर्मा हालै अत्याधिक बहुमतले लायन्स गभर्नर निर्वाचित भएका थिए ।

कार्यक्रममा डिष्ट्रिक ३२५ बी २ का विभिन्न पदमा मनोनित व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा क्याबिनेट सचिव ज्ञानेन्द्र कुमार श्रेष्ठज्यू, क्याबिनेट कोषाध्यक्षमा चिन्तामणि धितालज्यू, डिष्ट्रिक चिफ स्टाटिजिज एडभाइजरमा मुकुट ढकाल, डिष्ट्रिक चिफ–एम्बेसेडर अफ गभर्नरमा नवराज पराजुली, चिफ एरिया कोर्डिनेटर एरिया नं. ६ का लागि टिपि न्यौपाने लाई पनि स्वागत सम्मान गरिएको हो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघमा केन्द्रीय सदस्य निर्वाचित नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, हिसानका केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेल, नेपाल वन पैदावार उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष सुरेश चन्दलाई पनि स्वागत गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया