हेरौं नेपालगन्जका सुन्दर कुकुरहरु

नेपालगज महोत्सवमा कुकुर सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ ।

एक दर्जन कुकुरहरुको सहभागिता रहेको प्रतियोगितामा खजुराका भिम रानाको जोन नाम गरेको सेफर्ड जातको कुकुर पहिलो भएको छ ।

यसैगरि श्याम अधिकारीको होपि –जापानिज स्पिज जातको कुकुर दोश्रो र सन्तोष काजी शाक्यको प्रिन्स नाम गरेको फ्रेन्च मस्टिभ जातको कुकुर तेश्रो भएको थियो ।

प्रतियोगिताको निर्णायक पशु चिकित्सक डाक्टर पुष्प श्रेष्ठ रहेका थिए ।

पशुहरुप्रतिको व्यवहारमा सकारात्मक परिवर्तन आउन सकोस् भन्ने अभिप्रायले प्रतियोगिता गरिएको कुकुर सुन्दरी प्रतियोगिताको संयोजन गरिरहेका सुरेन्द्रदीप कार्किले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया