बाँकेमा भएका तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार कोहलपुर–१० हाइस्कुल चोकमा नेपालगन्जबाट जाजरकोट जाँदै गरेको ग १ ज ६४२३ नं. को बोलेरो जीप र भे १ ख १६९७ नम्बरको माइक्रोबस ठक्कर ठोक्किदा ७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, दुर्घटनामा जाजरकोटका तारा केसी, सुप्रिया, सुप्रेम केसी, अनरिया आचार्य, अभिशेष आचार्य, रुकुमका गोविन्द भण्डारी, डोल्पाका रविन्द्र बोहोरा, बाँके कचनापुरका खुम बहादुर कुवरको उपचारपछि अवस्था सामान्य छ । प्रहरीले माइक्रोबस, जीप सहित दुवै चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
त्यस्तै, शनिबार राती १ बजे बाँके खासकुस्मा स्थित गाभर खोलामा ना ६ ख २४११ नम्बरको ट्रक पुलबाट ७ सय मिटर तल खसेको छ । जिप्रका बाँकेका अनुसार, दुर्घटनामा गाडी चालक सुनिल धमलाको खुट्टा भाँचिएको छ भने दोलखाका सुमन शाही गम्भीर घाइते भएका छन् । शाहीको छाति र घाँटीमा गम्भीर चोट लागेको छ ।
त्यस्तै, बाँकेको कचनापुर १ अगैया बजार नजिक पूर्व तर्फ जाँदै गरेको ४२ प ८८७१ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई पल्टदा चालक नेपालगन्ज–२०का राहुल जिसीलाई टाउको र वायाँ खुट्टामा चोट लागेको छ । उपचाररत् जिसीको अवस्था सिरियस रहेको प्रहरीले दिएको जानकारीमा उल्लेख छ । दुर्घटनामा मोटरसाइकल सवार बर्दियाका रोशन पुरीको मुखमा चोट लागेको छ । दुवैको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ ।