सर्यो पत्रकारको चुनाव

महासंघको महाधिवेशन जेठ २० गते हुने

काठमाडौ । स्थानीय तहको निर्वाचनका कारण नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन एक महिना पर सरेको छ । स्थानीय निकायको निर्वाचनका कारण बैशाख २० गते हुने महाधिवेशन एक महिना पर सरेको हो । अव जेठ २० गते काठमाडौमै महाधिवेशन हुने भएको छ ।

विगतमा विश्व प्रेस स्वतन्त्रता दिवसका दिन मे ३ मा महाधिवेशन हुने प्रचलन भएपनि स्थानीय तहको निर्वाचनका कारण महाधिवेशनमा एक महिना सार्ने निर्णय महासंघको १२ औ पूर्ण वैठकले गरेको हो ।
स्थानीय तहको चुनाव नहुने अवस्थामा भने मे ३ मै चुनाव गर्ने प्रयास गरिने निर्णय पनि आइतवार नगरकोटमा वसेको वैैठकले गरेको महासचिव उजीर मगरले वताए ।

वैठकले अधिवेशन नभएका २० जिल्ला, १९ प्रतिष्ठान र १ एशोसियटलाई वैशाख ७ गते भित्र अधिवेशन गर्नका लागि अन्तिम समयसीमा दिएको छ । वैशाख ७ गते चुनाव गर्न नसक्ने जिल्ला शाखा, प्रतिष्ठान र एशोसियटले महाधिवेशनमा भाग लिन नपाउने निर्णय पनि वैठकले गरेको छ ।

महाअधिवेशनका लागि केन्द्रीय समिति, वरिष्ठ पत्रकारहरु र सञ्चार सम्वद्धसंस्थाहरुबाट गरेर १०१ सदस्यीय मूल तयारी समिति गठन भएको छ । त्यस्तै महासंघका केन्द्रीय पदाधीकारीहरुको संयोजकत्वमा केन्द्रीय सदस्य सदस्य रहने गरेर विभिन्न ११ वटा समिति गठन भएका छन ।

त्यस्तै रोकिएका महासंघका जिल्ला शाखाहरुको निर्वाचन बैशाख ७ गते भित्र गरिसक्नु पर्ने निर्णय महासंघले गरेको छ । निर्धारित समयभित्र महाधिवेशन नगरे महासंघको महाधिवेशनमा भाग लिन नपाउने निर्णय गरिएको हो । निर्वाचन हुन बाँकी मध्यपश्चिममा सुर्खेत, दैलेख, जाजरकोट र रोल्पा समयसीमा भित्र निर्वाचन गरिने मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरेले जानकारी दिए । बर्दिया र इलाममा देखिएको विवादका सम्बन्धमा सचिवालयले निर्णय गर्ने बताइएको छ ।

झण्डै एक हजार चार सय प्रतिनीधि हुने अनुमान गरिएको महाधिवेशन सम्पन्न गर्नका लागि वरिष्ठ पत्रकार चिरञ्जीवि खनालको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया