युट्यूबमा रायाश्रीको ‘मालचरी’

बसन्त पन्चमी तथा सरस्वती पुजाको बिशेष दिन पारेर सुरशालाकी प्रतिभाशाली बाल गायीका रायाश्री रानाको पहिलो गीत ‘मालचरी आकाशैमा…’ विहीवार सार्वजनिक गरिएको छ ।


लोक रानाले रचेको गीतलाई अमृत क्षेत्रीको संगीतमा रेखा खड्का रानाले निर्माण गरेको म्यूजिक भिडियोसहितको गीत सार्वजनिक गरिएको हो । सानैदेखि गीतसंगीतमा रुची राख्ने आफ्नी छोरीलाई लक्षित गरि लोकले गरेको सिर्जनामा रायाश्रीले मधुर स्वर दिएकी छन् ।


सुरशाला म्युजिक एकेडमीले सुरशाला स्टुडियोमा रेकर्ड गराएको रायाश्रीको गीतलाई युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया