वरिष्ठ कथाकार सनत रेग्मीलाई दधिराज पुरस्कार

वरिष्ठ साहित्यकार सनत रेग्मीलाई यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ ।

नेपाली भाषा साहित्यको क्षेत्रमा ६ दशकभन्दा बढी योगदान गरेका कथाकार रेग्मीलाई ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ प्रदान गरिने भएको हो ।

नेपालगन्जका स्थायी वासिन्दा रेग्मी सहित यो पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई पनि प्रदान गरिन लागेको हो ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जारी गरेको विज्ञप्तिमा ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ कथाकार रेग्मी र पत्रकार न्यौपानेलाई प्रदान गर्ने निर्णय गरिएको उल्लेख छ ।

नेपाली भाषा साहित्यको क्षेत्रमा ६ दशकभन्दा बढी योगदान गरेका कथाकार रेग्मीलाई ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ प्रदान गरिने भएको हो ।

पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा बढी विशेष योगदान दिएका मोरङका वरिष्ठ पत्रकार न्यौपानेलाई २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

समालोचक प्राज्ञ दधिराज सुवेदीका पुत्रद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको १५ लाख रुपैयाँको अक्षय कोषको व्याजबाट २०७३ सालदेखि यो पुरस्कार नियमित प्रदान गरिंदै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले निर्णय गरेको जनाइएको छ । यस वर्षको पुरस्कार आगामी मंसिरमा एक समारोहको आयोजना गरी वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष साहित्य र पत्रकारिता क्षेत्रका दुई व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार साहित्यकारहरू प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल, डा. विष्णुविभु घिमिरे, एसपी कोइराला र प्राध्यापक चूडामणि बन्धु र पत्रकारहरू हरिबहादुर थापा, शिवबहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल र भूषण दाहाललाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया