चर्चामा कल्पनाको ‘लभ इन जेरूसेलम’

‘रानी तलाउ’को लोकार्पण

नेपालगन्जकी श्रष्टा कल्पना खरेलको कृति ‘लभ इन जेरूसेलम’ को राजधानी काठमाडौंमा चर्चा गरिएको छ । इजरायली राजदूत हनन् गोडर उपस्थितिमा नेपालका विशिष्ठ ब्यक्तित्वहरूले कल्पनाको उपन्यास बारे चर्चा गरेका हुन् ।

‘लभ इन जेरूसेलम’ले दिएको महत्वपूर्ण सन्देशलाई देश विदेशका जनतामा ब्यापक बनाउनु पर्ने धारणा राख्दै विभिन्न वक्ताहरुले यसले नेपाल र इजरायल सम्बन्धको पुलका रुपमा काम गर्ने बताए ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले नेपाल र इजरायलबीचको सम्बन्धलाई मजबुत बनाउने कल्पनाको ‘लभ इन जेरूसेलम’ उपन्यासले एउटा ईंटा थपको छ चर्चा गरे । उनी आफूले पनि इजरालको भ्रमण गर्दा त्यहाँको साहित्य र हाम्रो साहित्य र साहित्यकार बीचको सम्बन्ध मजबुत बन्दै गएको कुरा स्पष्ट पार्दै यो महत्वपूर्ण उपन्यास जनता समक्ष ल्याउन सफल हुनु भएकोमा उपन्यास लेखकलाई हौसला प्रदान गरे ।

कार्यक्रममा नेपालका लागि इजरायली राजदूत हनन गोडर ‘लभ इन जेरूसेलम’ ले नेपाल र इजरायलको मित्रतालाई मजबूत पारेको धारणा राखे ।

प्राज्ञ बाबा बस्नेत र प्राध्यापक सुनिल अधिकारीले उपन्यासको महत्वका बिषयमा चर्चा गरेका थिए भने, प्राज्ञ माया ठकुरी, दीप शाह लगायतले लेखक कल्पना खरेललाई महत्वपूर्ण उपन्यासकारको कोटीमा उभ्याएका थिए ।

कार्यक्रममा कल्पना खरेलद्घारा लिखित रानी तलाउको पनि लोकार्पण गरिएको थियो । उपन्यासकार कल्पनाले आफूले लेखेको उपन्यासको बारेमा भएको चर्चा परिचर्चाबाट उत्साहित भएको भन्दै यस्ले आफूलाई अझ अगाडि बढेर सृजना गर्ने हौसला मिलेको बताइन् ।

पैरवी बुक हाउसका अध्यक्ष चन्द्र शिवाकोटीको सभापतित्वमा भएको कार्यक्रममा प्राडा गार्गी शर्मा, हिरण्य कुमारी पाठक, मोहन सिटौला, उपन्यासकार समाजका अध्यक्ष शंकर भारती, समालोचक प्रमोद प्रधान, वरिष्ठ साहित्यकार युवराज नयाँ घरे, वरिष्ठ पत्रकार गोपाल प्रसाद थपलिया, डा. रेनुका सोलु लगायतका विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो ।

प्रतिक्रिया

प्रतिक्रिया