बुह्रान अर्थात् युवा साहित्यकार महानन्द ढकालको अर्काे कृति, पहिलो उपन्यास । उपन्यासकार ढकालका अनुसार, ‘बुह्रान’ उपन्यस जातीय समानता र सहकार्यको कथा हो । विभिन्न साहित्यिक विधाहरूमा निरन्तर कलम चलाउँदै आएका महानन्द ढकाल नेपाली साहित्यिक क्षेत्रका परिचित हस्ताक्षर हुन् ।
साहित्यलाई संस्थागत रुपमा विकसित तुुल्याउन ढकालले गरेको योगदानलाई महत्वपूर्ण मानिन्छ । कविता लेखनबाट साहित्यमा प्रवेश गरेका ढकालका ‘खण्डित आत्मा’ गजल सङ्ग्रह(२०५८), ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू’ गजल सङ्ग्रह(२०५९), ‘अव्यक्त प्रत्याशा’ गजल सङ्ग्रह(२०६३), ‘घाम उदाए’ हाइकु सङ्ग्रह (२०६८) र सिमाना मुक्तक सङ्ग्रह(२०७७) यस पहिला नै प्रकाशित गरिसकेका ढकालकोे आख्यानको क्षेत्रमा ‘बुह्रान’ पहिलो उपन्यास हो ।
ढकालको उपन्यास बुह्रानको आवरण सार्वजानिक भएको छ । बुुुुुुुुुुुुुुुुुुुुुुह्रान क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासको आवरण साङ्ग्रिला बुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुक्सले सार्वजानिक गरेको हो ।
बुह्रान, जहाँ गरिव थारूहरूको सपनाले यात्रा गरेको छ । उपन्यासकार ढकाल भन्छन्, ‘गास, बास र कपासका लागि थारूहरूको रोजाइमा परेको बुह्रानको कथा हिमालकी निङ्माले पहाडकी पार्वती र तराइका माइला थारूलाई प्रमुख पात्र बनाएर उधिनेकी छन् ।’ थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यो उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङ्कन गरिएको उपन्यासकार ढकालको भनाइ छ ।
बसाइसराइका बाध्यता एवम् थारू समुदायमा लामो समयसम्म प्रचलित कमैया तथा कमलह्री प्रथाबाट र्सिजित अवस्थालाई समेटिएको यस उपन्यासमा जातीय समानताका लागि अन्र्तजातीय विवाह महत्वपूर्ण हुन सक्ने कुरा औंल्याउन खोजिएको छ ।
समान आर्थिक हैसियत भएका फरक समुदायका पार्वती र माइला मध्ये पार्वतीको जीवनस्तरमा परिर्वतन आउँदा माइलाको जीवनस्तरमा परिर्वतन नआउनुका कारणहरूको खोजी गरिएको यस उपन्यासमा थारू जाति र उनीहरूले ज्यानको बाजी लगाएर गरिएका कन्द्रा आन्दोलन, कमैया, कमलह्री, थरूहट र भूमिगत आन्दोलन आदिबाट प्राप्त उपलब्धिहरूको लेखाजोखा गरिएको कुरा ढकालले बताए ।