प्रलेसमा गिरीको नेतृत्व

केन्द्रीय समितिमा कल्पना पौडेल, मीना बराल र इश्वरी रिजाल पार्षद

प्रगतिशील लेखक संघ नेपालको नेतृत्वमा डा.मधुसूदन गिरी निर्वाचित भएका छन् । राजधानी काठमाडौंमा भएको बाह्रौं राष्ट्रिय सम्मेलनले डा. गिरीको अध्यक्षतामा केन्द्रीय समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।

केन्द्रीय समितिमा बाँकेबाट कल्पना पौडेल ’जिज्ञासु’ केन्दीय सदस्य तथा केन्द्रीय परिषद सदस्यमा (पार्षद) मीना बराल, बर्दियाबाट इश्वरी रिजाल ’उल्कापात’ निर्विरोध निर्वाचित भएको पूर्व केन्द्रीय सदस्यसमेत रहेका भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया