महाकवी लक्ष्मी प्रसाद देवकोटाको ११३ औं जन्मजयन्तीका सन्दर्भमा आज नेपालगञ्जमा यात्री कवितामाथि समिक्षा गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहीत्य समाज लुम्वीनी प्रदेशद्धारा आयोजित कार्यक्रममा देवकोटाको यात्री माथि चार जनाले आधार पत्र प्रस्तुत गरेका छन् ।
साहीत्यकार लेक प्रसाद प्याकुरेल, शुक्रऋषि चौलगाई, किरण आचार्य र सुमीत्रा न्यौपानेले यात्री कविताका विविध पाटाबारे समिक्षात्मक पत्र प्रस्तुत गर्नु भयो भने इन्द्र वहादुर भण्डारी र बालकृष्ण शर्माले टिप्पणी गर्नु भयो । प्रस्तोताले यात्री कविताको सिंगो विषय र सन्देश बारे प्रष्टयाउने प्रयास गरेका थिए । यस्तै मीना वरालले किरण आचार्यको कथा संग्रह क्यान्टोनमेन्टबारे समिक्षा प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रज्ञा सभा सदस्य साहीत्यकार हरि प्रसाद तीमील्सेनाले एउटै विधामा केन्द्रीत रचनात्मक कार्यको प्रशंसा गर्नु भयो । अन्तर्राष्ट्रिय नेपाली साहीत्य समाज लुम्वीनी प्रदेश अध्यक्ष किरण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार सनत रेग्मी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु सुवेदीले बोल्नु भएको थियो भने भिम वहादुर शाही, प्रभात सुवेदी लगायतले गीत रचना सुनाउनु भयो ।
निशु जोशीद्धारा सञ्चालीत कार्यक्रममा निर्मल वुढाले स्वागत गर्नु भएको थियो