विष्णुलाल कुमालको नेतृत्वमा ललित कला

कला साहित्यको क्षेत्रमा संगठितहरुको संस्था, नेपाल ललित कला संस्था,नेपालगन्ज बाँकेको प्रथम अधिवेशनले विष्णुलाल कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थापक अध्यक्ष समेत रहेका कुमालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा उपाध्यक्ष आनन्द बहादुर कर्माचार्य, सचिव हरीश कुमार गुप्ता, कोषाध्यक्ष बीरेन्द्र यादव,सह सचिव मो .जहीरुल हक ‘जीनु’ सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत सुन्दर गुरुङले जानकारी दिएका छन् । नयाँ कार्यसमितिको सदस्यहरुमा त्रिभुवन बिश्वकर्मा, फारूक खाँ, नरेश नेपाली, शारदा कु.मौर्य र अल्पना कुमारी गुप्ता छन् ।


अध्यक्ष कुमालका अनुसार, अधिवेशनलगत्तै बसेको कार्यसमितिको बैठकबाट पूजा शर्मा र नीलम शर्मालाई कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको छ ।
त्यस्तै, साहित्य कला विभाग प्रमुखमा सनत कुमार रेग्मी, चित्रकला बिभाग प्रमुखमा भोजराज शर्मा ‘नादिर’ ,नाट्यकला बिभाग प्रमुखमा बीरेन्द्र हमाल, मूर्तिकला बिभाग प्रमुखमा त्रिभुवन बिश्वकर्मा, शिल्पकला बिभाग प्रमुखमा अल्पना कु गुप्ता, नृत्य तथा संगीतकला बिभाग प्रमुखमा सुन्दर गुरुंगलाई मनोनयन गरिएको अध्यक्ष कुमालले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया