पालिकाको सहयोगमा खजुरामा छन्द प्रशिक्षण

बाँकेको खजुरामा छन्द प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । भेरी साहित्य समाज बाँकेको आयोजना पहिलो पटक यसरी छन्द प्रशिक्षणको आयोजना गरिएको हो ।


खजुरा गाउँपालिकाको सहयोगमा भएको छन्द प्रशिक्षणसँगै खुला अनलाइन कविता प्रतियोगिताको पुरस्कार वितरण पनि गरिएको समाजका अध्यक्ष बोधराज प्याकुरेलले जानकारी दिए ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वशिष्ट अतिथि, नेपाल प्रज्ञा परिषद्का प्राज्ञ सभा सदस्य हरिप्रसाद तिमिल्सिनाले विषयवस्तुको महत्वबारे प्रकाश पारेका थिए ।
प्राज्ञ हरि तिमिल्सिना र प्रभात सुवेदीले प्रशिक्षित गरेको प्रशिक्षणमा ६० जना प्रशिक्षार्थी सहभागी समाजका सहसचिव जिवराज बमले जानकारी दिए ।
कार्यक्रममा साहित्यकार इन्द्रबहादुर भण्डारी , कल्पना पौडेल जिज्ञासु, लेक प्याकुरेल, चरित्रा शाह,संगीतकार प्रभात सुवेदी, गीतकार कविन्द्र भट्टराई, कथाकार शशिराम कार्की,शिशिर सापकोटा, ऋषिराम सापकोटा, ऋषिकेस जिसी लगायतको उपस्थितिमा कविता प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
समाजका अध्यक्ष बोधराज प्याकुरेलको अध्यक्षता भएको कार्यक्रममा प्रतियोगिताका प्रथम,द्वितीय र तृतीय हुने क्रमश बाँकेका प्रकृति भण्डारी,कैलालीका कृपा अधिकारी र पश्चिम रुकुमका खिमलाल देवकोटालाई प्रमुख अतिथि कक्षपति, विशेष्ट अतिथि तिमिल्सिनाले प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया