विहे पार्टी चलिरहेको थियो । सबै आ —आफनो धुनमा मस्त थिए । कोहि नाच“गान गरिरहेका थिए ,कोहि विहे हेर्दे थिए त कोहि गफगाफमा ब्यस्त थिए । विहे गेट देखि दक्षिण तर्फको टेबलमा केहि भलादमी जस्ता देखिने ब्यक्तिहरु कुरा गर्न भरखर सुरु गरेका थिए । त्यसैबेला बेहुलीकि बहिनी निरु आएर फयाट्ट बोलिन खाना खाने समय भयो । यति भनेर निरु विहे संस्कार निभाईरहेकि दिदि सरुको श्रृंगारमा ध्यान दिन थालिन ।
गा“जल लत्पतिएको थियो अनि घुम्टो खस्नै लागेको थियो भने कपालको जुरोमा लगाएको निलो काटा फुस्कीनै लागको थियो । यो सबै निरुले मिलाइदिन । विहे गराईरहेका पण्डित एकै छिन अरु काममा अलमलिएका बेला निरुले दिदिलाई भनिन“अब त नया“ घर ,नया“ संसार यो बहिनीलाई नभुलेस है ,अनि कस्तो जात है हाम्रो पराई घर जानै पर्ने ”निरुको कुरा सकिन नपाउदै सरु घुक्क घुक्क रुदै भन्न थालिन “त्यहि त निरु आज आफनै आ“गन बिरानो लागेको छ ”निरुले दिदिको आंखामा आशु देख्न सकिनन र आशु पुछिदिएर सानी आन्टीलाई दिदिको छेउमा बसालेर दिदि म एकछिनमा आउछु भन्दै हिडिन । उनी घरको दोस्रो तलाबाट दायांतर्फको सिडि उक्लदै गर्दा कपाल छोटो अनि उजेलो अनुहार भएकि हेर्दा निरुको सानी आन्टि जस्तै देखिने महिलाले बोलाईन र भनिन “नानु मलाई बेहुलीको कोठा हेर्ने मन थियो ?”यो सुनेपछि निरुले प्रति प्रश्न गरिन किन सरु दिदिको कोठा हेर्न खोज्नु भएको ?निरुको कुरा भुईमा नपर्दे ति महिलाले भनिन केटीको स्वभाव बुझन । यी महिलाको कुरा सुनेपछि निरुको मनमा अनेक प्रश्न उब्जिए तर उनी चुपचाप कोठा देखाउन विवस थिईन किनकि ति महिला केटातर्फको अर्थात उनको हुनेवाला भिनाजुको घरतर्फकि थिईन । निरुले कोठा देखाउदै भनिन हजुर स“ग कुरा गर्दा गर्दे मैले त भुसुक्कै विर्सेछु गेट दक्षिण तर्फको टेबलमा बसेका पाहुनालाई खाना खुवाउने जिम्मा मेरो थियो । यति भनेर छिटो छिटो निरु उनिहरुले खाना खाईरहेको ठाउमा पुगिन । त्यहा पुग्दा त्यस टेबलका पाहुनाहरु खाना खाईरहेका थिए । उनले मासु,पुलाउ ,अचार ,पुरी के थपौ भन्दै एक एकलाई सोध्दै खाना दिईन । त्यसैबेला उनको ध्यान तिनै पाहुना संग आएका दुई युवाहरु तर्फ गयो । उनले ध्यान दिएर उनिहरुका कुरा सुनिन । झट्ट हेर्दा उनिहरुको उमेर ३०को हाराहारीमा थियो । एउटाले कालो कोट लगाएको थियो भने अर्कोले घिउ रंगको कोट लगाएको थियो । कालो कोट लगाएकोले भन्यो दाईजोमा त दराज र शोफा मात्रै छ त रबिले सुहागरात पुरानै खाटमा मनाउने भयो कि क्या हो ? उनको कुरामा हास्दै अर्कोले भन्यो खाट नयां होस कि पुरानो के मतलब मायां त माया होनी । उनिहरुको ७ बर्षको प्रेम विवाहमा बदलिदै छ त्यहि नै ठुलो कुरा हो नि । खाट स“ग मायालाई तुलना नगर के भन्दै दुबैजना गलल्ल हासे । तर यो हासोले निरुलाई प्रभाव पारयो । उनले मनमनै “मेरो बाबाले किन नया“ खाट नकिन्नु भएको रहेछ ,किनेको भए आज सरु दिदि र भिनाजुको मजाक यीनिहरले उडाउने त थिएनन नि”भन्दै खाना खुवाएर विहे गराईरहेका पण्डितलाई पुजाको सामाग्रि दिन जादै थिएन । त्यसैबेला कोठा देखाईदेउ भनेकि केटातर्फबाट आएकि महिनाले उनिजस्तै देखिने तर उनीभन्दा केहि काली महिलास“ग कुरा गरेको सुनिन । ति महिनाले भन्दै थिईन“ दराज र शोफा कस्तो पुरानो डिजाईनको,हैन बजारमा नयां डिजाईनको शोफा र दराज सकियो क्या हो “उनले यो कुरा नसक्दै अर्किले भनिन हेर न केटालाई सिक्रि नै छैन ,औठी पनि कस्तो पातलो छुदै भाचिन्छ कि जस्तो अनि माशुमा नुन पनि नलागेको मैले त दुई चोक्टा खाएर बा“कि त्यसै छोडे ” यो कुरा सुनेपछि निरु झन भाबुक बन्दै मनमा कुरा खेलाउन थालिन अनि उनिहरुको कुरालाई वास्ता नगरी पण्डितलाई सामान दिन पुगिन । त्यहा पुग्दा केटा पट्टीबाट आएकि एउटि कन्यालाई दिदिकै छेउमा देखेपछि निरुले भनिन हजुरलाई धुवाले गाह्रो भयो होला म बस्छु है भन्दै आग्रह गरिन । उनले नमानेपछि निरु दिदिले घर लैजान पनि सुटकेसमा प्याक गरेका लुगाहरु हेर्दे मनमनै भन्न थालिन “हे भगवान दिदिले घरमा उपहार दिन भनि लैजादै गरेका यी लुगामा कसैले खोट नलागावस , दिदिले अपशब्द सुन्न नपरोस“निरु यस्तै सोच्दै टोलाईरहि हुन्छिन ।
केहि बेरमा बिहे पनि सकिन्छ ,सबै आफन्त र गाउ“बाट बिहे भोज खान आएका सबै आ —आफनो घर जान्छन । त्यसपछि भरखरै १३ बर्ष काटेर १४ टेकेकि निरुले बाबालाई भनिन “बाबा मलाई मेरो बिहेमा आकर्षक खाट,राम्रो नया“ डिजाईनको शोफा र दराज किनिदिनुस है । अनि खाना पकाउने कालीगड पनि बोलाउनुपर्छ । यी गाउंका अंकलहलाई त पकाउनै आउदैन । अनि नि तपाईको कान्छो जुवाईको लागि राम्रो बलियो औठि र सिक्रि पनि ”। यो कुरा सुनेर निरुका बुवा नतमस्तक भए । यति भनेर निरु विहे गेटको दक्षिण तर्फ भलादमी जस्ता देखिने पाह“ुना बसेको टेबलमा बसेर दराज ,शोफा र खाटको आकर्षक चित्र कोर्न थालिन ।