मणिको अर्काे रत्न ‘कुटी’

प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सदस्य मणि अर्यालले यसैसाता सामाजिक सञ्जालमा पोष्ट गरे, ‘कुटी’ को निर्माता बा आमा ‘कुटी’ स्पर्श गर्नुहुँदै । त्यसको एक घण्टा नबित्दै लेखराम सापकोटाले आफ्नो पेजमार्फत जानकारी दिए, ‘लेखक मणि अर्यालले पुज्यनीय माता पिताजीको हातबाट ‘कुटी’को विमोचन गराउनु भयो ।’


करिब अढाइ दशक देखि प्रगतिशील साहित्यकर्मीको रुपमा बाँकेमा सक्रिय ‘मणिरत्न’ को पहिलो औपचारिक कृति युरेका पब्लिकेशन काठमाडौले प्रकाशन गरेको कुटीको विमोचन खबर जसरी बाहिर आयो त्यसरीनै लोकार्पण भएको हो । पिताजी पुरुषोत्तम अर्याल र माताजी हेम कुमारीको हातमा ‘कुटी’ थमाउँदाको खुशी तस्वीरमा प्रष्ट देखिन्छ ।
‘कुटी’ समसामयिक मानव जीवनका दैनन्दिन भोगाइ, जीवनचेतना र समाजको वास्तविकताको प्रतिबिम्ब हो,’ कोरोना भाइरसको संक्रमण सन्त्रासले कृतिको औपचारिक विमोचन गर्न नसकिएको ‘कुटी’ बारे मणिरत्नले दैनिक नेपालगन्जसँग भने, ‘ऋषि आश्रमको झल्को दिने यस कृतिमार्फत मानव सभ्यताको प्राचीन कालखण्डलाई पनि सङ्केत गर्दै त्यहाँको वातावरणसँग नजिक हुन आह्वान गरिएको छ ।’
केही समय देखि गीत लेखनमा सक्रिय मणिरत्नले एकाएक कुटी बाहिर ल्याए । ११ वटा निबन्धको संगालोका लेखक मणिरत्नले समसामयिक मानव जीवनका दैनन्दिन भोगाइ, जीवनचेतना र समाजको वास्तविकतालाई निबन्धका रूपमा उतारेको भन्दै साहित्य क्षेत्रबाट प्रशंसा गरिएको छ । कुल ८८ पृष्ठमा संग्रहित १७५ रुपिया मुल्यको ‘कुटी’ परिस्थिति सहज हुनसाथ पाठकका हातमा पुग्ने प्रतिबद्धता अर्यालको छ ।

‘कुटी’ समसामयिक मानव जीवनका दैनन्दिन भोगाइ, जीवनचेतना र समाजको वास्तविकताको प्रतिबिम्ब हो,’ कोरोना भाइरसको संक्रमण सन्त्रासले कृतिको औपचारिक विमोचन गर्न नसकिएको ‘कुटी’ बारे मणिरत्नले दैनिक नेपालगन्ज सँग भने

फुटकर रुपमा कबिता, गजल, निबन्ध, कथा, लघुकथा समीक्षा–समालोचना प्रकाशित गर्दै आएका मणिरत्न आफुलाई रमाइलो लाग्ने बिधाका रुपमा गद्य कबितालाई अघि सार्छन । तर, एकाएक निवन्ध संग्रहको सोंच कसरी आयो त ? आगामी कृतिबाटै जवाफ खोज्नेकी !

प्रतिक्रिया

प्रतिक्रिया