आदर्शको आयोजनामा ‘ट्यालेन्ट हन्ट’

बालबालिकाको क्षमता उजागरका लागि नेपालगन्जस्थित आदर्श माविले शुक्रबार ट्यालेन्ट हण्ट कार्यक्रमको आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय थापाले विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रमको उद्घाटन गर्दै आदर्शले नियमित रुपमा यसरी कार्यक्रम गर्दै आएको बताए ।


शुभारम्भमा विद्यालयका एकेडेमिक एडभाइजर प्रकाश लामीछाने, संस्थापक सञ्चालक गिरिराज पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए । कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न विधामा आआफनो ट्यालेन्ट प्रस्तुत गरेका थिए । शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रममा नृत्य, गायन, नाटक, हास्य व्यङ्य लगायतमा कला÷प्रतिभा देखाइएको थियो ।


स्रष्टा सुन्दर गुरुङ निर्णायक रहेको कार्यक्रममा विभिन्न सांस्कृतिक भेषभुषामा प्रस्तुति प्रस्तुत गरिएको थियो । फागुन १० गते हुने विद्यालयको वार्षिक कार्यक्रमको पुर्व तयारी स्वरुप आयोजित हण्ट कार्यक्रममा छनौट विद्यार्थीलाई सोही दिन पुरस्कृत गरिने विद्यालयले जनाएको छ । हरेक वर्ष गरिने अतिरिक्त यस्ता कार्यक्रमले विद्यार्थीको मनोवलका साथै प्रतिभा प्रस्फुटन हुने अवसर मिल्ने सहायक प्रधानाध्यापक टंक गौतमले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया