नेपालगन्ज – भेरी साहित्य समाज केन्द्रीय कार्य समिति नेपालगन्जले पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । समाजले आइतबार बिजयादशमी, तिहार एवं छठ पर्व तथा नेपाल सम्बत ११३९ को उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
स्थानीय महेन्द्र पुस्तकालय नेपालगन्जमा भेरी साहित्य समाज बाँकेको संयोजन तथा ब्यवस्थापनमा जिल्ला कार्य समितिका अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मीको प्रमुख आतिथ्यमा शुभकामना अदानप्रदान गरिएको हो ।
कार्यक्रममा भेरी साहित्य समाज केन्द्रिय कार्य समितिका सदस्य लेक प्रसाद प्याकुरेलले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरि प्रसाद तिमिल्सिना, गुल्जारे अदब नेपालगन्जका अध्यक्ष अब्दुल लतीफ शौक, अवधी साँस्कृतिक विकास परिषद बाँकेका अध्यक्ष सच्चिदानन्द चौवे, प्रगतिशील लेखक संघका अध्यक्ष पंकज कुमार श्रेष्ठ, इन्द्र बहादुर भण्डारी, सुन्दर गुरुङले बोलेका थिए ।
वरिष्ठ कलाकार कमल बिक निर्मोही, समाजका कोषाध्यक्ष भरत बहादुर रानाभाट, धम्बोझी उच्च माध्यमिक बिद्यालय नेपालगन्जकी पूर्व प्राचार्य किरण आचार्य, जगत तिमिल्सिना, खगेन्द्र गिरि कोपिला, गुल्जारे अदबका सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, , डम्बर पुन, कविता तिमिल्सिना, अमृत शर्मा ढकाल, करिश्मा योगी, लक्ष्मी बस्याल, सुभा शाह, चरित्रा शाह, खडङ्ग बहादुर बोहरा, ईश्वरी प्रसाद रिजाल, जोखनलाल मौर्य, टिकाराम थापा, फडिन्द्र आचार्य, नसीम कादरी लगायतले शुभकामना आदान–प्रदानका साथै आ–आफना गीत, गजल, रचना वाचन गरेका थिए ।