राप्ती म्युजिक अवार्ड : केशव बडु सर्वोउत्कृष्ट म्युजिक एरेन्जर

काठमाडौं – विभिन्न तहतप्का संगीत कर्मी,साहित्यका सर्जक,राजनीतिग्य व्यक्तित्व,पत्रकार तथा हजारौ दर्शकको उपस्थितिमा ‘राष्ट्रिय राप्ती म्युजिक म्युजिक अवार्ड २०७५’ कार्यक्रम गएको मंगलबार काठमाडौं को राष्ट्रिय नाचघर ( जमल) मा समपन्न भएको छ । अवार्ड समारोहमा संगीत क्षेत्रका बिभिन्न विधा बाट सम्मानित भएका छन ।

राष्ट्रिय राप्ती म्युजिक अवार्ड-२०७५ बाट पछिल्लो समयका जनमासमा भिजेका चर्चित म्युजिक एरेन्जर केशब बडुले अवार्ड हात पारेका छन् ।

सर्वोउत्कृष्ट म्युजिक एरेन्जर विधामा केशब बडुले “ चैर मुसि चैर”गीतबाट अवार्ड जितेका हुन् । सुदाम थापा को शब्द सङ्गीत, नरेन्द्र राज रेग्मीको थेगो तथा सिन्धु मल्ल र अमित बराल को सुमधुर स्वरमा सजिएको यो गीतको म्युजिक एरेन्ज केशवले गरेका हुन। २०५८ साल बाट औपचारिक रुपमा नेपालगन्ज बाट आफ्नो साङ्गेतीक यात्रा सुरु गरेका बडु गायन , वाद्ययन्त्र , सङ्गीत प्रशिक्षण मा पनि उत्तिकै दखल राख्दछन ।

प्रतिक्रिया

प्रतिक्रिया