बाँकेकी पत्रकार सावित्री गिरी प्रदेश ५ स्तरीय निवन्ध लेखन प्रतियोगिता द्वितिय भएकी छन् ।
शुक्रवार प्रदेश अस्थायी मुकाम बुटबलमा २६ प्रतिस्पर्धीलाई उछिन्दै द्वितिय स्थान जित्न सफल पत्रकार गिरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबाट २० हजार नगद पुरस्कार सहित कदरपत्रले सम्मानित भइन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले प्रदेश स्तरिय निवन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो ।
बुटवलका पुरुषोत्तम पाण्डेले प्रथम स्थान हासिल गरि ३० हजार धनराशीको पुरस्कार जित्न सफल भएका हुन् । बुटवलकै माधव पौडेलले १० हजार नगद सहित तेस्रो पुरस्कार जित्न सफल भए । कार्यक्रमका प्रमुख अतिथि, परराष्ट्रमन्त्री ज्ञवालीले भौतिक पूर्वाधारमात्र नभइ कला साहित्य, खेल पर्यटन लगायतका क्षेत्रको सन्तुलित विकासले मात्र मुलुक समृद्धितिर जाने बताए ।