काठमाडौं – ओस्कार अवार्डको अन्तराष्ट्रिय फिचर विधामा नेपालको प्रतिनिधित्व स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र ‘बुलबुल’ले गर्ने भएको छ । ओस्कार छनौट समितिले गत साथा विनोद पौडेल निर्देशित ‘बुलबुल’लाई नेपालको तर्फबाट ओस्कार पठाउने निर्णय गरेका हुन्।
कमिटी महासचिव चिरन्जीवि गुरागाइँका अनुसार ओस्कारका लागि आवेदन मागिएकोमा ‘बुलबुल’को मात्र दरखास्त परेकाले ‘बुलबुल’ बिना प्रतिष्पर्धा छनौट भएको हो ।
चलचित्रमा विदेशिएका पतिको पर्खाइ, नयाँ युवकसँग प्रेम र पक्षघात पीडित ससुराको स्याहार गर्ने एकल आमाको कथा देख्न सकिन्छ ।
बुलबुलबाट नै अभिनेत्री खड्काले राष्ट्रिय फिल्म अवार्डसहित सार्क फिल्म फेस्टिवलमा अवार्ड जितेकी थिइन्।