बहुभाषिक काव्य गोष्ठी

नेपालगन्ज- १२ औं राष्ट्रिय पुस्तकालय दिवस ‘पठन संस्कृतीको पूर्वाधार, पुस्तकालयको विकास र विस्तार’ मूल नाराको अवधारणाको साथै बहुभाषिक काव्य गोष्ठी एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष तथा समाजसेवी एवं नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कन्हैयालाल टण्डनको अध्यक्षतामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यिमा, प्राज्ञ एवं वरिष्ठ कथाकार सनत कुमार रेग्मी, जिल्ला शिक्षा तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवको बिशिष्ठ आतिथ्यिमा सम्पन्न भएको कार्यक्रममा बिद्याकी माता सरस्वतीको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अजय कुमार श्रीवास्वत, बिशिष्ठ अतिथि लगायतले गरेका थिए ।

कार्यक्रममा निवृत्ति शिक्षिक शशीराम कार्कीले संचालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ठ अतिथि, तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले पुस्तकालय दिवसको अवसरमा सान्दर्भिक बिचार राखेका थिए सो कार्यक्रम अवधी साँस्कृतिक विकास परिषद् बाँकेका अध्यक्ष सच्चिदानन्द चौवे, पंकज कुमार श्रेष्ठ, श्रीमती कृष्णा पाण्डेय, मधु पौडेल, भरत राना भाट, गुल्जारे अदबका सचिव मोहम्मद अहसन कुरैशी, मोहम्मद जमील अहमद सिद्दिकी, गणेशा कार्की, वरिष्ठ चित्रकार तथा कथा कलाकार श्यामानन्द सिंह, अपेक्ष सिंह लगायतले आ–आफना लेख रचना वाचन गरेका थिए ।

सो कार्यक्रममा महेन्द्र पुस्तकाल नेपालगन्जमा बि.सं. २२०६७ सालमा आजीवन सदस्यलाई सम्मान गरिएको थियो जस मध्ये ९ जनालाई सम्मान पत्र बितरण, तथा बि.संस २०६७ देखि बि.सं.२०७६ साल सम्म १७ जना आजीवन सदस्य, नियमित पुस्तकालयमा आई पत्रपत्रिका, किताब पढने गरेका पाठक माधव कुमार केसी र पत्रकार पवन जायसवाललाई प्रमुख अतिथि अजय कुमार श्रीवास्तवले जनालाई सम्मान पत्र बितरण गर्नु भएको थियो ।

सम्मानित भएका आजीवन सदस्यहरुमा बाबु प्रकाश घिमिरे, मोती प्रसाद देवकोटा, बिश्वजीत तिवारी, सुदीप भट्टराई, पंकज कुमार श्रेष्ठ, डा. गोपाल प्रसाद शर्मा अधिकारी, मोहम्मद जमील सिद्दीकी, अजय कुमार टण्डन, राजेश कुमार जैन, रमेश बहादुर शाह, विजयमान पति, बलराम यादव, वेचनलाल गुप्ता, कृष्ण कुमार बैश्य, श्रीमती कृष्णा पाण्डेय, वडा नं.८ का वडाध्यक्ष सुरेन्द्र कुमार वैश्य, कृष्ण मुरारी भट्ट लगायत १७ जना रहेकाा छन् भने कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिज अजय कुमार टण्डन, डा. छत्रपाल अग्रवाल, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादव, कशौंधन बैश्य सेवा समाजका अध्यक्ष सुनील कुमार बनिया, केशवराम वर्मा, विजय कुमार चौवे लगायतको उपस्थित रहेको पुस्तकालयका प्रमुख सच्चिदनन्द चौवेले जानकारी गराएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया