‘मारुनी प्रमोशन’मा कलाकार

नेपालगन्ज – नेपाली कथानक चलचित्र मारुनीको बजार प्रवद्र्धन (प्रमोशन) का लागि कलाकार टोली आइतबार नेपालगन्ज आइपुगेको छ । चलचित्र मारुनीको टिममा रहेका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का, गायक कृष्ण काफ्ले, निर्देशक नवल नेपाल र निर्माता पुनम क्षेत्री गौतम लगायतको टोली पत्रकारमाझ प्रस्तुत भएका थिए ।

भाद्र १३ गते रिलिज हुन लागेको चलचित्र मारुनीका निर्देशक नवल नेपालले विशुद्ध नेपाली मौलिक प्रेमलाई नाटकीय प्रस्तुति गरेर चलचित्रले आफ्नोपन पस्किएको बताए । निर्माता पुनम गौतमले कोहलपुर र नेपालगन्जको सेरोफेरोलाई लिएर चलचित्रको छायाँकन गरिएकाले स्थानीय दर्शकका लागि छुट्टै स्वाद हुने बताइन् । ‘चलचित्रको लगानीमा कुनै सम्झौता गरिएको छैन’, नेपाली चलचित्रले भारतीय चलचित्रसँग प्रतिस्पर्धात्मक बजारमा टिकेर अगाडि बढ्नु पर्ने चुनौतिलाई स्वीकार गर्न आवश्यक भएको धारणा राख्दै गौतमले भनिन्, ‘हामीले त्यो प्रयास गरेका छौं ।’

नायिका साम्राज्ञी, नायक पुष्प, गायक कृष्ण लगायतले चलचित्रले सक्दो नयाँपन दिन खोजेको धारणा व्यक्त गरे । चलचित्रको एउटा गीत हिट भैसकेको र अर्को गीत आइतबारमात्रै दर्शकमाझ ‘लन्च’ मारुनी यूनिटले जानकारी दियो ।

प्रतिक्रिया

प्रतिक्रिया