चलचित्र ‘सयकडा दश’ मा भ्रष्टाचार विरुद्धको सन्देश

आगामी माघ १८ अर्थात फेबु्रवरी १ देखि रिलिज गर्ने तयारीमा रहेको नेपाली चलचित्र ‘सयकडा दश’ रिलिजको तयारीमा रहेको छ । रिलिजको मिति नजिकिंदै गर्दा अहिले चलचित्रको टोली देशभर प्रमोशनल गतिविधिमा सक्रिय छ ।

 
त्यसक्रममा नेपालगन्जमा पनि चलचित्र निर्माण पक्षले पत्रकार सम्मेलन कथावस्तु बारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमा फिल्म निर्देशक राम शरण पाठकले ‘सयकडा दश’ परम्परागत ढर्रा भन्दा अलि पृथक रहेको दाबी गरेका छन् । उनले मुलुक भ्रष्टाचारले आक्रान्त भैरहेको बेला सदाचारी र भ्रष्टाचारी बीचको कथालाई प्रसय दिदै चलचित्र निर्माण गरेको जानकारी दिए ।

 
फिल्मको निर्माण पोखराबाट सुरु गरेर साँघुटार हुँदै काठमाण्डौमा अन्त्य गरिएको बताए । समाजमा कमाएको सम्पत्तिको १० प्रतिशत दान दिनु पर्ने वा सयकडा १० व्याज लिने वा जायज नाजायज ढंगले कमाउदा आनन्द आउदा पछि त्यो ऋणको रुपमा तिर्नै पर्ने कुरा देखाउदै भ्रष्टाचारको विरुद्ध कडा सन्देश प्रवाह गरको दाबी गरे ।
चर्चित हाँस्य कलाकार मनोज गजुरेलले सदाचारी र राजाराम पौडेलले भ्रष्टाचारी पात्रको रुपमा प्रस्तुत भएको जानकारी दिदै फिल्ममा अमृत दुंगाना, रबी डंगोल, रश्मी भट्ट र नेपाली मुलकी बर्मेली नायीका सोनीया राईलाई डेब्यू गराईएको बताए ।

 
चलचित्रको कथाकार समेत रहेकी रज्जु प्रधानले फरक कथा वस्तुले मनोरञ्जन र सन्देश दुबै दिन खोजेको बताईन । उनले मनोरञ्जन लिनमात्र चलचित्र नबनाएर हास्य व्यङ्गको तरिकाबाट पस्तुत गरेको दाबी गरिन । ‘जायज नाजायज माध्ययमबाट कमाएको सम्पत्तिको जुन तरिकाबाट पनि १० प्रतिशत तिर्ने पर्ने भन्ने सन्देश दिएको छ ।’
आगामी माघ १८ अर्थात फेबु्रवरी १ देखि रिलिज गर्ने तयारीको साथ फिल्मको प्रमोशनमा निस्केको सो टोलीमा निर्माता समेत रहेका मनोज निरौलाले १ करोड ६० लाख हालसम्म लगानी लागेको र सबै परिवार बसेर हेर्न मिल्ने पूर्ण पारिवारिक फिल्म भएको दाबी गरे ।

 
निर्देशक, कथाकार तथा निर्मातासहितको टिमले नेपालगञ्जमा आईतबार पत्रकारसंग कुरा गर्दै आफ्नो चलचित्रले अत्यन्तै भिन्न कथाबस्तु बोकेर निर्माण भएको दाबी गर्दै भने–‘ हामीले मुलुकको विकासको बाधक भ्रष्टचार भएको ठहर गर्दै भ्रष्टाचार मुक्त देश बनाउन सहयोग पुराउने उद्देश्यले सन्देस मुलक चलचित्र ‘सयकडा दश’ निर्माण गरेका हौ ।’

प्रतिक्रिया

प्रतिक्रिया