मणिरत्नको ‘मेरो सुन्दर संसार’

प्रगतिशिल युवा स्रष्टा मणि अर्याल (मणिरत्न)ले आप्mनो गीति रचना ‘मेरो सुन्दर संसार’ बजारमा ल्याएका छन् । ‘यसलाई एउटा सन्देशमूलक गीतका रुपमा स्रोताले बुझिदिए हुन्थ्यो’, आख्यानमा केन्द्रित मणिरत्नले चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा मेरो सुन्दर संसार बजार पठाएपछि दैनिक नेपालगन्जसँग भने, ‘धेरै शब्द रचनाहरु गरिएपनि गाउने बेला यही आधुनिक गीत प्रथम भयो ।’
मणिरत्नले वैदेशिक रोजगारीमा जाने पुरुष र महिलाका कारण पारिवारिक संरचना बिग्रिएको, सामाजिक अवस्था ध्वस्त भएको सन्देश आफ्नो गीत मार्फत प्रवाह गर्न खोजेको बताउँछन् । ‘दर्शकलाई लाग्न सक्छ यो श्रृंगारिक वा वियोगात्मक गीत हो’, मणिरत्नले भने, ‘वास्तवमा समाजमा पछिल्ला दिनहरुमा देखा पर्दै गएको सामाजिक बिग्रहको अवस्थालाई देखाउन खोजिएको हो ।’ उनले छिट्टै म्युजिक मिडियो पनि बनाउन लागेको जानकारी दिएका छन् ।
बर्दियाका चर्चित संगीतकार प्रभात सुवेदीले संगीत भरेको मणिरत्नको मेरो सुन्दर संसारमा राकेश ओलीले संगीत संयोजक गरेका छन् । ‘केही दिनमै दर्शकको संख्या राम्रो पाएको छ’, पहिलो गीतमै नरेन्द्र प्यासी जस्ता चर्चित गीतकारसँग जोडिएका मणिरत्नले युटुब भ्युअरबाट उत्साहित हुँदै भने, ‘यसको सिआरबीटी, पिआरबिटी मार्फत व्यवसायिक प्रवद्र्धनमा लाग्ने योजना बनाएको छु ।’
गीत लन्चिङका लागि म्युजिक नेपाल रोजेका मणि रत्नलाई त्यतिबेला पीडा बोध भयो जतिबेला उनले त्यहाँ सिण्डिकेटको सामना गरे । ‘बिन्दबासिनी म्युजिकबाट गीत सार्वजनिक गरेर आएँ’, उनले प्रगतिशिल लेखक संघको जिल्ला नेतृत्वबाटै विदा लिएर गीत संगीत र आख्यानमा केन्द्रित हुन खोजेको संकेत गरे ।

प्रतिक्रिया

प्रतिक्रिया