नेपालगन्जमा काव्य विमर्श

नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भेरी सहित्य समाजले शनिबार नेपालगन्जमा काव्य विमर्श तथा बहुभाषिक कवि गोष्ठी आयोजना गरेको छ ।

 
कार्यक्रममा कविताको विविध पक्षबारे चर्चा गर्नुका साथै स्रष्टाहरुले आ–आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा बोल्दै प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. अमर गिरिले काव्य रचना सैद्धान्तिक अध्यन विना नै सिर्जना हुने भएपनि यसको मापन सैदान्तिक ढाँचामा हुने भएकाले अध्ययन गरेर लेख्दा अझै उत्कृष्ट हुने विश्वास व्यक्त रे ।

 

 
प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले साहित्य रचनाको जननी कविता भएकाले यसको गरिमा र महत्व कहिल्यै कम नहुने बताए । कविताको विविध पक्षबारे साहित्यकार इन्द्र बहादुर भणडरीले कार्यपत्र प्रस्तुत गरेका थिए । समाजका अध्यक्ष हरि तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उर्दु भाषी गजलकार अव्दुल लतिफ शौक, भारुभाषि सुशिल चौधरी, छविलाल कोपीला, यस्तै सिर्जन लम्साल, खगेन्द्र गिरि कोपीला, जिवराम भण्डारी, महानन्द ढकाल, भवानी न्यौपाने, अनुपमा करारा, रामचन्द्र आचार्य लगायतले रचना वाचन गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया