आनन्द गिरि मायालु
धरती हल्लिएको त्यो दिन मैले कराएँ चिच्याएँ तर कोहि पनि मेरो बाबुलाई बचाउन आएन, सबैै निष्ठुरी नै रहेछन् संसारमा । काठमाण्डोको त्यो बसाई मेरो र मेरा छोराका लागि अभागी जीवन नै ठहरियो । बा आमा सबै एक दिन अगाडि नै नेपालगन्ज फर्की सकेका थिएँ, तर म ठुली आमाको घरमा केहि दिन बस्छु भनेर बसिकी थिईं ।
श्रीमान तीन दिन अगाडि विदेश मलेशिया जानु भा को थियो । छोराले बालाई भनेको थियो, बा बा मेरो लागि ल्यापटप ल्याउनु ल ।’ उसको बुवाले मुन्टो हल्लाई हुन्छ बाबु मेहनत गरि पढ, अनि आमा लाई दुःख न दिनु होला, भनेको कुरा मान्नु होला, बढि हो हल्ला न गर्नु होला, अनि बाटोमा ध्यान पुर्वक हिड्नु होला । बुवाको सबै कुरा लाई छोराले मनन गरैकै थियो । बुवा आमाको आँखाको एउटै नानी थियो छोरा पुष्कर । डाक्टरले भनेको थियो बाँझोपना छ सन्तान हुँदैन । तर पाँच वर्ष निरन्तर औषधि खाएपछि बल्ल छोराको मुख हेर्न पाएको थिए । घरमा सबै थियो । खेति, घर–घडेरी, ब्याक ब्यालेंस तर छोरा न भएकोले सँधै उदास हुन्थे म र मेरो श्रीमान, घरमा सबै भए पनि घरको उल्यालो नै थिएन ।
श्रीमानले सन्तान हुन्छ भन्ने सँधै आश गर्नु हुन्थ्यो । तर, सन्तानको चाहनाले उनी झर झरि आँखा बाट आँस बगाउँथे । आँखा बाट आँसु हेरेर मलाई पनि रुन मन लाग्थ्यो तर म आप्mनो आँसु आँखामा नै राखेर भन्थ्ये, ‘भाग्यमा लेखेर आएका छौं भने आमा बन्छु न त बुढेशकालका लागि कसैको सन्तान लाई पालन गर्छु त्यसैले हाम्रो अन्तिम क्रिया गर्छ ।’
औषधी गर्दागर्दै पुष्कर कोखमा आएको खुशियालीले उसको बुवाले खुशियालीमा सबै आफन्त लाई घरैमा बोलाई भोज पनि गर्नु भएको थियो । हाम्रो दुःखित परिवारमा पुष्करको जन्म भए देखि खुशियाली नै थियो हाम्रो सानो परिवार सुखी परिवार नै थियो ।
नाम चलैकै बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्थ्यो पुष्कर । गत वर्ष आफनो कक्षामा सर्वोत्कृट विद्यार्थीको रुपमा पुरस्कार पनि पाएको थियो । स्कुलका सबै सर मेमहरुले पनि पुष्करलाई राम्रो नै मान्थ्ये तर त्यो दिन मेरा आँखाको नानी मेरा जिउने सहारा मेरो साथ बाट सँधै भरिका लागि मलाई छाडेर गयो । मलाई थाहा थिएन कि म नेपालगंज कुनै दिन एक्ले रुँदै जान्छु । घरमा सबै जना खाना खाएर ठिक्क भएको थिए । यत्तिकै मा ठुली आमाको छोरी प्रियंकाले म संग भन्नु भयो, आमा जाम आज बजार घुम्न जाम, हामी सबै बाक्समा राखेको अर्को नयाँ लुगा चेन्ज गरि बजार घुम्ना गएको थिएँ । बजार पसेको १० मिनेट भएको थियो । छोरा पिसाब फिर्न ट्वाइलेट गयो तर फर्केर आएन ।
म अभागी कस्तो आमा ? आप्mनो छोरालाई पनि बचाउन सकिन । हेर्दा हेर्दै मबाट सँधै भरिका लागि टाडा भो । धरती हल्लियो भाग भुईचालो आयो भन्दै सबै मान्छे रुँदै कराउँदै भाग्दै थिए । म पनि भाग्न थाले तर छोराको याद आयो । त्यो त्यो ट्वालेटमा पिसाब फेर्न गएको थियो त्यो ट्वाइलेट रहेको भवननै हेर्दा हेदै ध्वस्त भयो । मैले चिच्चियाउँदै कराए मेरो छोरालाई बचाउ बचाउ तर कसैले पनि मेरा आवाज सुनेनन् । सबै आ आप्mनो ज्यान बचाउनमा नै लागेको थिएँ ।
नेपालमा ठुलो भुकम्प आएको हजारौ घायते भएको अनि मान्छेहरु मरेको खबर रेडियोमा सुनेर श्रीमानले अर्को दिन फोन गरेर सोध्नु भयो, कान्छी सबै सन्चो छ त ? मेरो मुख बाट केहि आवाज नै निस्के न म मोबाइल हातमै समातेर रुँदै थिएँ । मैले छोरा वितेको कुरा लाई ढाट्न सकिन अनि रुँदै भनि दिए छोरा रहनेछ धरतीमा ।
कति देवी देउता लाई प्रार्थना गरेको थिएँ एउटा सन्तान पाउनका लागि । कति दिन भयो देउता पुज्दा पुज्दा । एउटा छोरा दिनु भयो फेरि दिएर पनि टिप्प टिपि लिनु भयो यस्तै गर्नु थियो भने न दिए हुन्थियो नि ? छोरा वितेको खबर सुनेर पाँच दिनैमै श्रीमान मलेशिसयाबाट नेपाल फर्केर आउनु भयो । तब सम्म पुष्करको दाह संस्कार भइसकेको थियो । विदेश जान वित्तिकै पुष्करको बुवाले छोराका लागि एउटा सानो ल्यापटप किन्नका लागि अर्डर गरि सक्नु भएको थियो त्यही लिएर आउनु भयो । उनको हात मा छोराले मागेको ल्यापटप थियो । तर चलाउने मान्छे थिएन । त्यो त भगवानको घर पुगि सकेको थियो । हामी दुई जना के गर्ने त्यो ल्यापटप ? छोराको सम्झनामा न चलाए पनि त्यो ल्यापटपलाई जोगाएर राखेको छु ।
मलाई संसारमा सबै भन्दा मेरो छोराको पीडा छ, सबै छ तर मेरा लागि केहि छैन । जब मलाई त्यो दिन याद आउँछ त्यो दिन न त केहि खान सक्छु । न त राति सुत्न सक्छु छोराको यादमा बस छटपटि रहन्छु । असख्ंय बच्चाहरु लाई हेर्छु तर मेरा छोरा कहिँ कतै देखिदैन । आउँछ उसको अनुहार सोचेर आँखाबाट आँसुको धारा बग्छ । तर थाहा छ मेरा छोरा अब कहिले पनि आउँदैन ।