उर्दु स्रष्टा शौकलाई मातृभाषा पुरस्कार

नेपालगन्जका उर्दु स्रष्टा, वरिष्ठ शायर अब्दुल लतिफ शौकलाई यस बर्षको मातृ भाषा साहित्य पुरस्कारबाट सम्मानित गरिएको छ ।

 

मंगलबार काठमाडौं स्थित राष्ट्रपति निवासमा आयोजित औपचारिक कार्यक्रम बीच नेपाल प्रज्ञा प्रतिष्ठानले तराई मधेसको मातृ भाषा साहित्य पुरस्कारबाट शायर शौकलाई सम्मानित गरेको हो । राष्ट्रपति विद्या देवी भण्डारीले सम्मानित व्यक्तित्व शौकलाई पुरस्कार हस्तान्तरण गरिन् ।

 

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्येक दुई बर्षमा प्रदान गर्ने उक्त पुरस्कार नगद १ लाख सहित, कदर पत्र, दोसल्ला राष्ट्रपति भण्डारीले प्रदान गरेकी हुन् । नेपालगन्जमा रहेर लामो समयदेखि उर्दु/नेपाली गजल लेखन गर्दै आएका स्रष्टा शौक, उर्दु अदबका अध्यक्ष पनि हुन् । ‘यो सिंगो बा“के बासीको सम्मान हो’, शौक पुरस्कृत भैसकेपछि नेपाल
प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सिनाले दैनिक नेपालगन्ज स“ग भने, ‘नेपालगन्ज र उर्दु साहित्यको उर्बर अवस्थालाई पनि यसले राष्ट्रिय रुपमा चिनाएको छ ।’ शौक स“गै सोम धिमालले पनि उक्त पुरस्कार प्राप्त गरे । यसअघि मातृ भाषा पुरस्कारबाट अवधी भाषी स्रष्टा सच्चिदानन्द चौबेले ५० हजार राशी सहित सम्मानित भएका थिए । ‘यसपटक बाट पुरस्कार राशी दोब्बर भएको हो’, तिमिल्सिनाले भने ।

 

प्रत्येक चार बर्षमा प्रदान गरिने पृथ्वी प्रज्ञा पुरस्कार बाट डा. ताना शर्मा सम्मानित भएका छन् । चार लाख राशीको पुरस्कार सहित डा. शर्मालाई सम्मान गरिएको हो । प्रतिष्ठानले धु्रव सापकोटा र विमल निभालाई नेपाली साहित्य पुरस्कार प्रदान गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया